यश कुमार परियार-फागुन ३,
२०७६,रोशी /

जिल्लाको रोशी गाँउपालिका वडा नं ११ मा रहेको नयाँ किरण विद्युत सहकारी संस्था लिमिटेडलाई खारेज गर्न गाँउपालिकाले निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामाको अध्यक्षतामा बसेको ४२ औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । सहकारीले गाँउमा विद्युतिकरण गर्न बिनियोजित बजेटको दुरुपयोग र अनियमितता गरेको निश्कर्ष निकाल्दै बैठकले सहकारीलाई खारेज गर्ने निर्णय गरिएको प्रवक्ता पदम बहादुर लामाले जानकारी दिए ।
गाँउपालिकाले संस्थाको अन्य आय व्यय विवरण सार्वजनिक गर्न पटक पटक लिखित तथा मौखिक जानकारी गराएको र स्पस्टिकरण माग गर्दा सहकारीकि अध्यक्ष चन्द्रमाया तामाङ द्धारा हस्ताक्षरीत ३ पन्ना लामो धम्कीपुर्ण र आपत्तिजनक मान हानि हुने भाषा प्रयोग पत्र प्राप्त भएको वडा नं ११ का वडा अध्यक्ष मिलन लामाले बताए । बिना साधारण साभा कार्य समिति परिवर्तन गरिएका र साबिक वडा नं १ भदौरे कार्यलाय रहने भनिएता पनि वडा ५ को माम्ति मा बिना निर्णय कार्यलय सरेको लामाले बताए । सहकारीमा स्थापनाकालदेखि ११ सदसीय कार्यसमिति रहेको भएपनि हाल संस्थामा १३ सदस्य रहेका छन् । “कार्यक्षेत्र रोशीको साबिक भिमखोरी रहेपनि पैसा उठाएर कार्यक्षेत्र बाहिर रही साबिक वाल्टिङ गाविसमा समेत काम गरेको देखिन्छ ।” कागजमा मात्र कार्यलय छ भन्ने देखिएता पनि केहि ६/७ महिनाबाट मात्र कार्यलय स्थापना भएको उनको भनाई छ । स्वतन्त्र लेखापरीक्षक डि जि एसोसिएट्स मार्फत गराउन खोज्दा पनि सम्पर्क हुन नचहेको र स्रेस्ता नबुझाएको प्रतिवेदनमा उल्लेख छ ।

रोशी गाँउपालिका वडा नं ११ भिमखोरीमा रहेको यस सहकारी संस्थाले नेपाल विद्युत प्राधिकरणबाट प्राप्त १० करोड ४६ लाख ३६ हजार ५ सय १४ रुपौँया बजेट मार्फत साविकको भिमखोरी गाँउ विकास समिति, हाल रोशी गाँउपालिका वडा नं ११ र १२ मा विजुली वत्ती सम्बन्धि काम गर्नुपर्ने थियो ।

नेपाल सरकारको दश/नब्बे कार्यक्रम अन्तर्गत ९० प्रतिशत सरकारले र १० प्रतिशत उपभोक्ताले तिर्नुपर्ने प्रवधान थियो । नेपाल विद्युत प्राधिकरणले २०७१ कार्तिक २० गते सहकारीको नाममा पत्र पठाई कुल स्टिमेट १० करोड ४६ लाख ३६ हजार ५ सय १४ रुपौँयाको १० प्रतिशतले हुन आउने १ करोड ४ लाख ७३ हजार ६ सय ५९ धरौटि रकम बैंक खातामा जम्मा गर्न भनेको थियो । सहकारीले २०७४ चैत्र १५ गते गाँउपालिकालाई पत्र लेख्दै उपभोक्ताबाट उठाएको ५२ लाख ७३ हजार ४ सय ७६ रुपौँयाले सामुदायीक ग्रामीण बिद्युत प्राधिकरण विभागसँग पहिलो चरणको काम सकाएको जानकारी गराएको थियो । तर रकम अभावको कारण देखाँउदै दोश्रो चरणको काम भने सुरु नै भएन । गाँउपालिकाले उपभोक्तामा धेरै आर्थिक भार पर्ने भन्दै संकलित रकमको ५ प्रतिशत २४ लाख ८३ हजार बजेट बिनियोजन गरेको थियो ।

तर पछि सहकारीले नेपाल विद्युत प्राधिकरणको नाममा काट्ने गरेको रसिदमा उपभोक्ताबाट मनलाग्दी पैसा उठाँउदै आएको भेटिएको छ । करीब ७ सय घर परिवारलाई १४ हजारका दरले उठाउने संस्थाको माईनटमा निर्णय गरीएको भएपनि कसैलाई ३ हजार त कसैलाई १६ हजार ९ सय सम्म लिने गरेको भेटियो । बिलमा शिर्षक नै नराखी प्राधिकरणको नाममा उठाँउदै आएको पैसा अझ कत्तीलाई त कुन प्रयोजनको लागी हो भन्ने सम्म थाहा छैन ।

यो हेर्नुहोस् निर्णय भएको माउनट र बिल:

सहकारीले २०७६ भदौ महिनाको ११ गतेबाट विद्युत सुचारु गरेको थियो । तर सहकारीबाट अनियमित ढंगले बिद्युतिकरण भएको भन्दै गाँउपालिकामा उजुरी परेको हो । ४१ औँ कार्यपालिका बैठकले गाँउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाको संयोजकत्वमा वडा नं ११ का अध्यक्ष मिलन लामा, वडा नं १० का अध्यक्ष दुध राज लामा, वडा नं ७ का अध्यक्ष पोष्टराज गौतम, वडा नं ३ का अध्यक्ष धन जित लामा र गाँउपालिकाका सहकारी शाखा प्रमुख जय प्रसाद गजुरेल रहने गरी छानविन समिति गठन भयोे ।

समितिले शुक्रबार ४२ औँ कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्दै छानवीनको प्रक्रियामा देखा परेका सम्पुर्ण विवरण प्रस्तुत गरेका थिए । प्रतिवेदनमा छानवीनको क्रममा पुगेको टोलीले सहकारीमा हुनुपर्ने कुनैपनि मापदण्ड पुरा नभएको, साधारण सभा नगरेको, सहकारी दर्ता प्रमाणिकरणको प्रमाणपत्र नभएको तर कार्यलय सहयोगीले “अडिटको लागी माथि पठाईएको छ” भन्दै विवरण दिएनन् भनिएको छ । अचम्मको कुरा त यहाँ छ कि, सचिब बिनोद कुमार लामाले निकालेको संस्थाको पैसा अपारदर्शी ढंगबाट खर्च भएको पाईएको समिति संयोजक उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाले बताईन् ।

राष्ट्रिय बाणिज्य बैंक धुलिखेल शाखामा २०७६ असार २५ गते सहकारी अध्यक्ष चन्द्र मायाले ले रु २४ लाख ८३ हजार ३ सय १७ जम्मा गरिएको देखिन्छ तर त्यहि मिति मा संस्थाका सचिव बिनोद कुमार लामा ले ३ किस्ता गर्दै निकालिएको भटिएको छ । यसरी संस्थाको रकम झिकिनुमा दुरुपयोग भएको देखिन्छ ।

यो हेर्नुहोस् भौचर:

यो हेर्नुहोस् सचिव बिनोद कुमार लामा ले ३ किस्ता गर्दै रकम निकालेको विवरण:

गाँउपालिकाले सहकारीलाई संविधानको धारा २२६ बमोजिम रोशी गाउँसभाबाट स्वीकृत सहकारी ऐनको दफा ६६ उपदफा ३ (ख), (ग), (घ) बमोजिम उक्त संस्थाले ऐन अन्तर्गत बनेको नियमावली विपरीतको कार्य वारम्बार गरेको र विनियममा उल्लेखित उद्देश्य विपरीतको कार्य गरेको तथा सहकारीको मुल्य मान्यता र सिद्धान्त विपरीत कार्य गरेको देखिएको छ । समितिको प्रतिवेदनका बमोजिम नयाँ किरण विद्युत सहकारी संस्था लिमिटेडलाई विघटन तथा खारेज गर्ने र सरोकारवाला निकायलाई जानकारी गराउने बैठकले निर्णय गरेको छ ।

के भन्छन् त सहकारीका सदस्य !

यता गाँउपालिकाको यस्तो निर्णय बाहिरिएसँगै सहकारी सञ्चालक समितिका एक सदस्यले राजनीतिक पूर्वाग्रहीका कारण गाउँपालिकाले यस्तो अस्वभाविक कदम चालेको गुनासो गरेका छन् । उनका अनुसार सहकारी सम्बन्धी अधिकार स्थानीय तहलाई मात्र नभएको र प्रदेश साथै संघीय सरकारको समेत अधिकार क्षेत्र भित्र रहेकोले नीतिगत कुरा बुझेर दर्ता खारेजी तिर जानुपर्ने बताए । नाम नबताउने सर्तमा उनले भने, ‘जनतालाई घुमराहमा राख्ने र दुःख दिने काम गाउँपालिकाको यो कदमले गरेको छ । जुनसुकै सहकारी प्रति जनताको भरोसा टुटाउने काम भएको छ”–उनले आक्रोसीत मुद्रामा भने “यस्तो निर्णय फिर्ता लिए सबैको हित हन्छ ।”

Facebook Comments