रोशी सहकर्मी–फागुन ३,
२०७६,पनौती/

रोहिंग्या समुदायले पनौती नगरपालिका ३ कुशादेवी छाडेका छन । म्यानमारबाट लखेटिएपछि नेपाल छिरेर मङ्सिर १० गतेबाट पनौतीको कुशादेवी बस्दै आएका रोहिंग्या समुदाय यहाँ छाडेर काठमाडौं गएका हुन ।
उनीहरू बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका थिए । समूहका नेता मोहम्मद यसुपले कुशादेवीबाट छाडेर काठमाडौं कपन बस्न थालेको फोन मार्फत जानकारी दिनुभयो । पाँच बर्ष बस्ने सहमति गरेका थियौँ तर स्थानीयको दबाबका कारण साहुले जग्गा छाड् भनेपछि हामीले छाडेर काठमाडौं कपन गयौ । उहाँले भन्नुभयो । काठमाडौंबाट मङसिर १० गते यहाँ आइपुगेका रोहिंग्याहरूले चार रोपनी जग्गामा अस्थायी टहरा बनाएका थिए । ३४ जना बसोबास गर्दै आएका रोहिंग्यामा १३ जना पुरुष ९ जना महिला र १२ जना बालबालिका रहेका थिए ।
पनौती वडा नं. ३ का अध्यक्ष किशोर थापाले रोहिंग्याले कुशादेवी छाडेको बताउनुभयो । उनीहरुले १३ वटा अस्थायी टहरा बनाएर बसेका थिए, अहिले सबै हटाएर गएका छन । उहाँले उनीहरु कामका लागि पनौतीमा आएको जानकारी पाएको बताउनुभयो । काम गर्ने भनेर आएका थिए पछि शरनार्थी भन्ने थाहा पाएपछि स्थानीय बिरोध गरेपछि उनीहरु यहाँबाट हिडेको हुन । उहाँले दुई दिन अगाडि मात्र उनीहरुले स्थान छाडेको जानकारी दिनुभयो ।
उनीहरू श्रम गर्ने भन्दै पनौती आएका थिए । त्यतीखेर टहरा निर्माणका लागि प्रतिपरिवार ७० हजारका दरले खर्च गरेको यसुपले बताउनुभयो  । हामीले बस्न पाउँछौ भनेर खर्च ग¥यौँ तर अहिले नबस्न बस्न बास छ न त पैसा नै उहाँले गुनासो गर्नुभयो ।

Facebook Comments