नमोबुद्ध नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालसँग सहकर्मी यश कुमार परियारले गर्नुभएको कुराकानी प्रमुख रिजाल २०७५ चैत्र १७ गते देखि नमोबुद्ध नगरपालिकामा शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

0 तपाँईको परिचय ?
– समग्रमा भन्नुपर्दा म एउटा कर्मचारी हुँ । नमोबुद्ध नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा सँग सम्बन्धित छु ।
0 आज भोलीको दिनचर्या कसरी बितिरहेको छ ?
– हाल राष्ट्रपति रनीङ्ग शिल्ड प्रतियोगिता संचालन भएको छ, त्यसैमा व्यस्त छौँ ।
0 राष्ट्रपति रनीङ्ग शिल्ड प्रतियोगिताको बारेमा विस्तृत रुपमा बताईदिनुहोस् न ?
– विस्तृत रुपमा भन्नु पर्दा यो रनीङ्ग शिल्ड प्रतियोगिताको कार्यविधि छ जुन युवा तथा खेलकुद मन्त्रालयले जारी गर्दछ । त्यसैका आधारमा हाीले प्रतियोगिता गर्दछौँ । यो प्रतियोगिता विशेष गरी विध्यालय स्तरका भाईबहिनिहरुका लागि हो । यसमा समुहगत खेलहरु हुन्छन् । समुहगत खेलमा भलिबल, कबर्डि, रिले लगाएत हुन्छन् र अर्को एथ्लेटिक्सको पाटोमा दौडिने, उफ्रिने, फ्याक्ने, जस्ता खेल हुन्छन् । यसलाई छात्र र छात्राको समुह बनाई खेलाईन्छ ।
0 यस खेलको निमित्त कति उमेर समुह तेकिएको छ ?
– १८ बर्ष सम्मका विधार्थीहरु विध्यालयमा रहन्छन् र विध्यालय तहको कार्यक्रम भएको हुनाले १८ बर्ष भन्दा माथिका विधार्थीहरु यसमा भाग लिन सक्दैनन् ।
0 झन् १८ बर्ष भन्दा माथीका विध्यार्थीहरु त परिपक्व हुन्छन्, किन वालवालिका लक्षित भएको होला ?
– विशेष गरी खेलकुदमा विभिन्न उमे। समुहका खेलकुदहरु हुन्छन् । र उमेर समुहको आधारमा हेर्दा १८ वर्ष भन्दा माथीका विध्यार्थिहरु ठुलो समुहमा पर्ने भएकाले उनीहरुको खेल छुट्टै प्रकारको हुन्छ । जुन शरिर विज्ञान सँग पनि सम्बन्धित छन् यी कुराहरु ।
0 हाम्रो शाखाले नगर भित्रका विध्यालयमा अध्यनरत विध्यार्थिहरुलाई खेल जगतमा उतार्न के कस्ता प्रयासहरु गरेका छन् ?
– विशेष गरी खेलमा मात्रै केन्द्रित भएर खासै केहि कार्यक्रम त राखेका छैनौ, तर पनि हामीले विध्यालयहरुलाई शुक्रबारका दिन १ बजे देखि ४ बजेसम्मको समयमा अतिरिक्त क्रियाकलापहरु गराउनु पर्छ भनेर नियमावलीमा उल्लेख गरिएको छ । त्यही अनुसार क्रियाकलापहरु गराउनु भनेर निर्देशन दिएक छौँ । त्यसै अनुसार धेरै विध्यालयहरुले अतिरिक्त क्रियाकलापको रुपमा वक्तृत्व कला, वादविवाद, हिज्जे, खेलकुद प्रतियोगिता जस्ता क्रियाकलापहरु गर्न थालेका छन् ।
0 अतिरिक्त क्रियाकलाप भित्र कुन कुन करा समेट्न सकिएला ?
– अतिरिक्त क्रियाकलाप भित्र कक्षा कोठा भित्र हुने शिक्षण सिकाई क्रियाकलाप भन्दा बाहेकका अन्य वौद्धिक साथै शारीरीकक्रियाकलापहरु समेट्न सकिन्छ ।
0 नमोबुद्ध नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरेयता के कस्ता कार्यमा सफल्ता मिल्यो, कति कुन् कुन् कार्यमा समस्या झेल्नु पर्यो बताईदिनुहोस् न ?
– बास्तवमा अहिले शिक्षा क्षेत्र स्थानीय तहमा हस्तान्तरण भईसकेपछि अलिकति अप्ठ्यारो अवस्थामा नै छौँ । अझै पनि संघको शिक्षा ऐन आउन सकेको छैन । संघबाट ऐन नआएसम्म हामीले शिक्षा ऐन बनाउन सक्दैनौ । संघ प्रदेश हुँदै हामीले बनाउनुपर्ने हुन्छ । हामीलाई दिएको अधिकारहरु मध्यबाट पनि अझ ति सबै कुरालाई समेटेर ऐन बनाउनका लागी हामीले अहिले तत्कालिन काम संचालन गर्नका लागी भनेर एउटा कार्यविधि निर्माण गर्न सर्वप्रथम ऐन कानुन नै पहिलो हुँदो रहेछ त्यो क्रियाकलाप गर्यौँ । त्यसपछि विभिन्न समयमा हाम्रा शिक्षकका पेशागत संघसंगठनका साथीहरु, प्रधानअध्यापक साथीहरु र विभिन्न शिक्षक साथिहरुसंग छलफल गर्दै विभिन्न कार्यक्रमहरु तय गर्दै गयौँ । विषेश गरी हामी नगरपालिकामा शिक्षाको लागी भनेर खासै ठुलो श्रोत नभएको र भएका श्रोतको परिचालनमा हामी लागेका छौँ । जसको फल स्वरुप हामीले डिजिटल नमोबुद्ध पनि भनेका छौँ, र डिजिटल नमोबुद्धलाई विध्यालय मार्फत लैजानका लागी गत साल पनि एक चरण तालिम दिएउँ । यसपाली पनि हाम्रा आईटि पढाउने शिक्षकहरु र प्रधानअध्यापकहरुका लागी आईटि सँग सम्बन्धित तालिम दिँदै छौँ ।
0 प्रशंग तपाँईको व्यक्तिगत जिवनको, तपाँईको पेशागत शिक्षा क्षेत्रको यात्रा कहिलेबाट सुरु भएको थियो ?
– मेरो पेशागत शैक्षिक क्षेत्रको यात्रा २०४७ साल पौष ५ गते देखि काभ्रे जिल्लाको बनेपा नगरपालिका साविक ११ नम्बर वडा भक्तेस्वर प्राथमिक विध्यलयबाट शिक्षा क्षेत्रमा प्रवेश गरेको हो । ६ वर्षको त्यो अनुभव, पछि ५२ सालमा विद्यालय निरीक्षकबाट प्रवेश गरेँ । नुवाकोट, बारा दोलखा, गारेखा, धादिङ्ग हुँदै युवा तथा खेलकुद मन्त्रालयमा मेरो अन्तिम थियो । संघिय तहमा त्यसपछि अहिले स्थानीय तहमा पहिलो पटक प्रवेश गरेको हो ।

0 यो स्थानीय तहमा कार्यालय प्रमुख भएर कार्य गरिरहँदा व्यवस्थापन गर्नलाई कतिको गाह्रो, असहज महसुस भएको छ ?
– गाह्रो भनेको कुरा चाहि आफूले अनुभव गर्ने कुरा हो । किनभने, स्थानीय तह भनेको झन् जनताको नजिकमा छौँ । विद्यालयको नजिकमा छौँ । र स्थानीय तहका नेताहरुको पनि नजिकमा छौँ । जसले गर्दा नेताज्यूहरु सँग घुलमिल गर्नलाई चाडैँ नै सकिने, उहाँहरुलाई नजिकबाट नियाल्न पाइने उहाँहरुको कुरा नजिकबाट सुन्न पाइने भएको हुँदा खेरी मैले त्यस्तो खास गाह्रो महसुस गरेको छैन । अलिकति टेक्निकल समस्या त भइ नै हाल्छन् जिल्लामा हुँदा झन् गाह्रो थियो । किन भने के छ कस्तो छ व्यवहार कस्तो भन्नेबारेमा त्यो बेला झन् गाह्रो थियो ।
0 यतिका धेरै क्षेत्रमा कार्य अनुभव समेटिसक्नुभएको छ । नमोबुद्ध नगरपालिकामा काम गर्ने व्यवस्था कस्तो छ ? कतिको सहज वातावरण छ ?
– नमोबुद्ध नगरपालिकामा काम गर्न त कुनै अप्ठेरो छैन । अव वातावरण चाहि हामी आफैले बनाउन सकेको पो छैन भन्ने जस्तो पनि लाग्छ मलाई । एउटा वातावरण बनाउन नसक्नुको कारण चाहि हामीसँग म्यान पावर कम छ । शैक्षिक क्षेत्रलाई अगाडि बढाउनको लागि अनुमनको प्रमुख पाटो हुन्छ । अनुगमनको लागि कुन संयन्त्र प्रयोग गर्ने भन्ने कुरा एउटा दुविधको कुरा छ । किनभने शिक्षा क्षेत्रमा काम गर्ने हामी जना २ जना मात्र म्यान पावर छ । र २ जना होइन ५ जना ६ जना घटि म्यान पावर विना कुनै शैक्षिक क्षेत्र सुधारको कुनै फड्को मार्न सक्दैनौ । त्यो एउटा गाह्रो छ । अव त्यसको विकल्प त खोज्नुपर््यो । अव विपकल्प भनेको विद्यालयहरुलाई समूहकृत गरेर थोरै विद्यालयहरुको सानो सानो समूह बनाएर उहाँहरुलाई नै मोविलाइजेसन गरेर, उहाँहरुबाट नै सहपाठी अवलोकन गराउने कृयाकलाप गर्नुपर्छ भन्ने हामीले महसुस गरेका छौँ । अव त्यसरी अगाडि बढ्नको निम्ति पनि शिक्षक साथीहरुसँग सल्लाह गरिसकेका छौँ । अव हामीले केही तालिमहरु जस्तो विद्यालयमा लेखा व्यवस्थपनमा समस्या छ । यो लेखा व्यवस्थापन सम्बन्धि तालिम चाडै नै प्राथमिक तहको हकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई राखेर माध्यमिक तहको हकमा व्यवस्थापन समितिको सदस्य नरहीकन प्रधानाध्यापक र लेखा सँग सम्बन्धित कर्मचारीलाई राखेर हामी दुई दिनको सानो ओरन्टेशन कार्यक्रम राख्छौँ । जसले गर्दा लेखा राख्नको लागि सजिलो होस् । र अहिले यो लेखाप्रणाली सजिलो गराउनका लागि हामीले यसपालि हामी आफैँले अडिटरहरु नियुक्ति गरेर विद्यालय विद्यालयमै गएर अडिट गर्ने, बानीको विकास गराएका छौँ । यसले आर्थिक प्रशासनको पाटो अलि सजिलो गराउला । साथै शैक्षिक कृयाकलापको निम्ति मैले अघि पनि भने समूहकृत रुपमा कार्य गर्नेछौँ । नमोबुद्धको भूगोलाई आधार मानेर १३ /१४ विद्यालय समूह पर्ने गरी ४ ओटा समूह बनाउँछौँ । त्यो समूह मार्फत शैक्षिक कृयाकलापहरु गराउँछौँ । त्यो कृयाकलाप कक्षाकोठा भित्र प्रयोग गर्ने बातावरण बनाउनका लागि प्र. अ. लाई अगाडि बढाउँछौ र शिक्षक साथीहरुलाई पनि अगाडि बढाउँछौँ भन्ने सोच राखेका छौँ ।
0 अव नयाँ शैक्षिक शत्रको सुरु हुँदैछ, त्यसलाई सरकारी विद्यालयहरुमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न के कस्ता कार्यक्रमहरु लागू गर्ने योजना बनाएको छ शिक्षा शाखाले ?
– समग्रमा विद्यालय सरकारी होइन, विद्यालय सामुदायिक हो । यो भावना हामीले समुदाय सम्म पुर्याउन सकेका छैनौ । विद्यालय सधै समुदायको हो । यो मेरो हो भन्ने भावना समुदायका मानिसहरुमा नभएसम्म विद्यालय सुधार गर्ने भन्ने कुरा फलामको चिउरा चपाउनु जतिकै हो । किनभने अहिले हाम्रो अभिभावकको चाहना फरक छ । र हामीसँग भएका म्यान पावरहरु फरक छन् । एउटा अवस्थामा नियुक्ति गरेका म्यान पावरहरुले अहिलेको चाहना पूरा गर्नका निम्ति उहाहरुको लागि विशेषगरी तालिम र एकेडेमिक कोर्षहरुको आवश्यकता हुन्छ । कतिले पढ्न चाहनुहुन्छ कतिले चाहनु हुन्न जतिले चाहनुहुन्छ उहाँहरुलाई केही न केही तालिमका रुपमा चाहि सहयोग गर्ने पक्षमा छौँ ।
0 पछिल्लो समयमा अभिभावकहरुले आफ्ना बालबालिकाहरु सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन भनेर धमाधम निजी विद्यालयमा भर्ना गरेको पाईन्छ । यसमा किन यसो गर्नुभएको होला जस्तो लाग्छ तपाईलाई ?
– यसमा मलाई के लाग्छ भने गुणस्तरियताको विषयमा मापदण्ड के हो भन्ने कुरा अझै स्पष्ट छैन । अव सबै अभिभावकको चाहना चाहि के छ भन्दा आफ्ना बालबालिकालाई अंग्रेजी भाषा खरर बोलिदिउन् अंग्रेजी भाषामा विज्ञ भइदिउन भन्ने मात्र हो । उहाँहरुले अंग्रेजी बोल्नेहरुले प्रगति गरेको छ भन्ने मात्र देख्नुभएको छ । तर यसमा अभिभावक ज्यूहरुलाई मेरो अनुरोध के छ भने, विशेषगरी १० वर्षसम्मका बालबालिकाहरुले आफ्नो मातृभाषामा अध्ययन गर्न पाउनुपर्छ । हामी यहाँ तामाङ समुदायका मानिसहरु धेरै छौँ यहाँ । तामाङ भाषामा पढ्न पाउनुपर्छ भनेर उहाँहरुले भन्नुपर्थ्यो । अव त्यो हामीले पनि बुझाउन सकेका छैनौँ । राज्यले पनि त्यसलाई बुझाउन सकेको छैन । किनभने बालबालिकालाई सिक्न लाई जति सहज आफ्नो भाषामा, आफ्नो आमाले बोलेको भाषामा हुन्छ । त्यति सहज अङ्ग्रेजीमा हुँदैन । जसले गर्दा बालबालिकाहरु बहु आयमिक व्यक्तित्व बन्न सक्दैनन् । अङग्रेजी भाषामा मात्र गर्न खोज्दा खेरी घोक्ने बानीको बिकास हुन्छ । जसले गर्दा प्रश्न गर्न सक्दैन । प्रश्न गर्न नसकेपछि सिक्न सक्दैन । सबैभन्दा ठूलो कुरो, सिकाई भनेको प्रश्नबाट सुरु हुन्छ । त्यो कुरा भनेको अभिभावकले बुझ्न जरुरी छ । त्यसरी हेर्दा तपाईहामीले पनि देखेका छौँ । हामीले सोध्न पनि सक्छौ । तपाईको बालबालिकाहरु कस्तो छ भन्दा संस्थागत विद्यालय पढ्ने बालबालिकाहरु लाटो जस्तो भन्छन् किनभने बोल्दैन । पढाएको कुरा मात्र पढ्छ लेख्छ । राम्रो गर्छ गर्न त तर प्रश्न चाहि कम सोध्छ भन्ने कुराको जवाफ पक्कै पनि आउँछ ।
0 आगामी दिनमा नगर भित्रका विध्यालयहरुमा शाखाले शिक्षा क्षेत्रमा के गर्दै जाने योजना बनाएको छ ?
– अब समग्र शिक्षा प्रणालिमा सुधार गराउन शिक्षा शाखाले आगामी दिनमा शिक्षण सिकाई प्रणालीको माध्यमबाट हो । यसका लागी विभिन्न शिक्षक साथीहरुलाई विभिन्न तालिमबाट सवलिकरण गर्ने । एउटा पाटो त्यो भयो भने अर्को भनेको एक विध्यार्थिबाट अर्कोमा शिक्षा दिन समुहगत शिक्षणमा जोड दिने हो । त्यस्तै शैक्षिक व्यवस्थापनलाई सुधार गर्नका लागि प्रधानअध्यापकलाई थप जिम्मेवार बनाउन सम्झौता नै गरेर अगाडि बढ्ने कि भनेर सोच बनाउँदै छौ । यहि आँउदो नयाँ शैक्षिक सत्रबाट प्रधानअध्यापक साथीहरु संगबाट कुनै न कुनै तरीकाबाट विध्यालय व्यवस्थापन समिति मार्फत गराउँछौ कि वा नगरपालिका आफैले सम्झौता गराउछ, त्यो विषयमा छलफल गर्दै छौँ ।
0 आफ्नो व्यस्त समयको वावजुत हामीलाई समय दिनुभयो तपाईलाई धेरै धन्यवाद ।
– हस् तपाईलाई पनि धन्यवाद ।।

Facebook Comments