रोशी सहकर्मी–फागुन ११,
२०७६,काभ्रे/

चौँरीदेउराली गाउँपालिका वडा न ६ कातिकेदेउरालीको प्रभा नमुना माध्यमिक बिद्यालयले सुविधा सम्पन्न भवन पाएको छ । शनिवार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङले उक्त भवनको उद्घाटन गर्नुभएको थियो ।
एशियाली विकास बैङ्कको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले आठ करोड ४१ लाख ७४ हजार ६०४ रुपियाँको लागतमा चार वटा भवन निर्माण गरिदिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इन्जिनियर शोवित श्रेष्ठले २४ वटा कक्षा कोठा, १० वटा छात्र, छात्राका लागि छात्राबास, एक क्यान्टिन बनेको जानकारी दिनुभयो ।

भूकम्पबाट भत्किएको बिद्यालय ५८ महिनामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य गंगाबहादुर दोङ, बाग्मती प्रदेश सांसद रत्न ढकाल, चौँरीदेउराली गाउँपालिका अध्यक्ष दीनानाथ गौतम, नेपाल पत्रकार महांसघका अध्यक्ष मोतीराम तिमल्सिना, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर पन्त लागयतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments Box