रोशी सहकर्मी–फागुन १२,
२०७६,काभ्रे/

पर्यटकीय स्थल नमोबुद्धको प्रचारप्रसार गर्ने उद्धेश्यले ल्होछारको अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान गरिएको छ । आज आयोजित कार्यक्रम नमोबद्ध भगवान् ध्याङ गुठी व्यवस्थापन समिति र नमोबुद्ध विकास मञ्चको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगाबहादुर दोङ, पूर्व राज्यमन्त्रीद्धय सूर्यमान दोङ र रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा, उपमेयर रामदेवी तामाङ, नेकपाका नेता इन्द्रबहादुर तामाङ, नमोबुद्ध विकास मञ्चका संयोजक राकेश लामा लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा पुरातत्व विभागले निर्माण गरिदिएको नमोबद्ध भगवान् ध्याङ गुठी कार्यालयको उद्घाटन प्रतिनिधिसभा सदस्य दोङले गरेका थिए । भुकम्पपछि जिर्ण रहेको उक्त कार्यालय पुरातत्व विभागले ७४ लाख ४७ हजार ७८३ रुपियाँ लागतमा निर्माण सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा पुरातत्व विभागका पुरातत्व अधिकृत मोहन सिं लामाले नगरप्रमुख टीपी शर्मालाई निर्मित भवनको चाबी हस्तान्तर गरेका थिए । नगरप्रमुख शर्माले नमोबुद्ध नगरपालिका वडा न ११ का वडा अध्यक्ष कृष्ण लामालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले नृत्य, गायन मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

Facebook Comments Box