रोशी सहकर्मी–फागुन १७,
२०७६,काभ्रे/

संविधान सभा सदस्य नेपाली काङ्ग्रेसका पुर्व माननीय क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तिर्थ लामाले पाठेघर क्यान्सर पीडितलाई ८ लाख ४९ हजार २०० सय २० रुपैया सहयोग रकम हस्तान्तरण गरेका छन् । नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य सुरोत कुमार लामाको संयोजत्वमा सङ्कलित उक्त रकम शुक्रबार लामाले पीडित चौरी देउराली गाउँपालिका वडा नं ४ की कुमारी तामाङलाई हस्तान्तरण गरेका हुन् ।
रकम पाएपछि आर्थिक रुपमा कम्जोर भएकी तामाङको मुहारमा खुसी थपिएको छ । लामो समयदेखी उपचारत तामाङको आर्थीक अबस्था कमजोर भएका कारण थला परेकी छन् । पिडित तामाङले कांग्रेस नेता तिर्थ लामा, श्रीमान् तामाङ, बिक्रम लामा, प्रलाद लामा लगायत उपचारको लागि सहयोगार्थ जुटेका सम्पुर्णमा धन्यवाद दिईन् । साथै सहयोग संकलन संयोजक सुरोत कुमार लामाले सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

Facebook Comments