रोशी सहकर्मी–फागुन १७,
२०७६,काभ्रे/

जिल्ला फुटबल संघ काभ्रेको आयोजनामा दोस्रो काभ्रे गोल्ड कप हुने भएको छ । चैत १३ देखी २३ गते सम्म दोस्रो काभ्रे गोल्ड कप नक आउट फुटबल प्रतियोगिता हुने भएको हो ।
आज श्रीखण्डपूरमा पत्रकार सम्मेलन मार्फत काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले चैत १३ देखी २३ सम्म ए डिभिजनका क्लव सहित १० टिमले प्रतियोगितामा भाग लिने जानकारी दिनुभयो । उहाँले ए डिभिजन खेलेका ५ देखी ७ टिमको सहभागिता रहने बताउनुभयो उहाँले प्रथम टिमलाई छ लाख, द्धितिय हुनेलाई चार लाख रुपियाँ पुरस्कार रहेको जानकारी दिनुभयो । प्रतियोगिताका लागि ४८ लाख २५ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता धुलिखेल नगरपालिका वडा न ७ मा रहेको खेल मैदानमा हुने जनाइएको छ ।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, संघका बरिष्ठ उपाध्यक्ष निरोज श्रेष्ठ, मुख्य संयोजक अमित खोजू श्रेष्ठ, कोषाध्यक्ष प्रभातकुमार श्रेष्ठ लगायतले प्रतियोगिताका बारेमा मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments