विगत लामो समय देखि उद्योग व्यवसाय तथा सामाजिक कार्यमा संलग्न नमोबुद्ध नगरपालिका वडा नं ७ (काँक्रे) स्थायी वासीन्दा, हाल भकुण्डेबेशीमा २ वर्ष देखि खनाल टेडिङ्ग संचालन गर्दै आउनुभएका दामोदर खनाल सँग सहकर्मी यश कुमार परियारले गर्नुभएको कुराकानी

0 तपाईको परिचय?
– म दामोदर खनाल, नमोबुद्ध नगरपालिका वडा नं ७ मा बस्छु । हाल व्यवसाय र सामाजीक कार्यमा संलग्न छु । यो ठाउँमा आएर व्यवसाय गरेको भर्खर साडे २ वर्ष हुँदै छ । सामाजिक क्षेत्रमा चै बुझ्ने भए देखिनै लाग्दै आईरहेको छु ।

0 तपाँईको यो यात्रा कहिलेबाट सुरु भयो?
– खासै यहि भनेर त याद छैन । पहिला पनि कुनै व्यवसाय गरेको थिएँ, अहिले अलि व्यवसाय परिवर्तन गरेर गरिरहेको छु । पहिला मैले यो रेडिमेड कपडाको व्यवसाय गर्थे, काठमाण्डौ मैतिदेविमा मेरो पसल थियो । पछि त्यो व्यवसायमा सोचेअनुरुपको फल प्रप्त नभएपछि विचको समय गरिन । त्यसपछि यहि सम्बन्धि एउटा ईन्डियन कम्पनिको कन्ट्रि मेनेजरको रुपमा ५ वर्ष काम गरे । अनि पछि यो व्यवसायमा लगाब बढेपछि यता सुरु गरेँ ।

0 किन पुरानो व्यवसाय छोडेर नयाँ व्यवसाय अङगाल्नुभयो?
– पहिला सुरुमा मैले कपडा व्यवसाय सुरु गर्दा खेरी त्यो समय भन्दा अगाडि काठमाण्डौको मार्केटमा प्रतिस्पर्धा कम थियो, रेडिमेड व्यवसायहरु अलिकति कम थियो । २ वर्ष गरेँ तर पछि यति धेरै व्यवसायहरु थपियो कि, व्यापार अलि कम हुँदै गयो । अब काठमाण्डौको ठाउँ त्यहि हो, एउटा सामान्य सटरको २५ देखि ३५ हजार सम्म पर्ने, व्यापार त चल्ने तर प्रतिफल खासै उपलब्धिमुलक नआउने भएका कारण त्यसलाई छोडेर यता लागेँ ।

0 यताको व्यवसायमा सोचे अनुरुप प्रतिफल पाउन सक्नुभएको छ त?
– मैले सोचेको थिएँ काठमाण्डौकै एउटा कुनै ठाउँमा राखेर त्यहिबाट काम गर्ने सोच बनाको थिएँ, पछिल्ललो समयमा मेरो अनुमानमा सहर केन्द्रित मान्छेहरु कम हुँदै हुँदै गए । जब यो द्धन्दकालिन समयबाट देश माथि आयो, त्यसपछि गाउँमा मानिसहरु बस्ने वातावरण सिर्जना भयो, त्यसपछि गाउँ गाउँमा बाटोघाटो, विद्यालय, स्वास्थ्य चौकीहरु निर्माण हुँदै गयो । ईन्टरनेट अहिले त टेक्नोलोजीको जमाना छ, प्रविधिहरु भित्रिदै गयो । त्यो भएपछि गाउँ गाउँमा पनि आधुनिक जिवनशैली जिउने वातावरण सिर्जना भयो, त्यसपछि काठमाण्डौ नै बसेर व्यवसाय गर्नुपर्छ भन्दा पनि अब त आफ्नै ठाउँमा पनि यो चिज गर्न वातावरण तयार छ भनेर यता व्यवसाय सुरु गरेँ । मैले पहिला सुरु गर्दा नौलो थियो याहाँ । मैले रेडिमेड ढोका लिएर आएर आज भन्दा डेढ बर्ष अघि यहाँ बेच्दा, यो के बाट बनेको? यो कस्तो हो? भनेर हेर्न सोध्न आउने मानिसहरु धेरै हुनुहुन्थ्यो । अहिले यो २ वर्षको अन्तरालमा अरु २–४ वटा ढोका पसलहरु खाल्न सफल भईसकेँ । जे होस् यो ठाउँमा यति सम्म सोचेको थिईन, सोचेको भन्दा राम्रै प्रतिफल आईरहेको छ ।

0 पहिला पहिला यो व्यवसायमा लाग्दा कस्तो अनुभव भईरहेको थियो?
हरेक व्यवसायमा लाग्ने मान्छेलाई एउटा के चिन्ता हुन्छ भने, आफ्नो व्यवसाय चल्छ कि चल्दैन, आफुले त्यसमा गरेको लगानी सुरक्षित होला नहोला, व्यवसाय अगाडि बढ्ला नबढ्ला, मेन चिन्ता भनेकै यहि हो । अब यो स्थानीय ठाउँ, त्यहि माथि नयाँ तरिकाको व्यवसाय, धुक्चुक् धेक्चुक् नै थियो पहिला त । एक वर्ष भएपछि व्यवसायले राम्रै संग गति लिन थाल्यो । मैले बिचमा अहिले १ वर्ष वढि हुन थाल्यो, बिपि राजर्मार्ग अन्तर्गत मुलकोट भन्दा वर सिन्धुलिको बोहोरेटारमा खनाल ट्रेडिङ्गकै नामबाट हामीले अर्को व्यवसाय सुरु गरेका छौँ । त्यहाँबाट पनि प्रतिफल राम्रो छ ।
मानीसहरु व्यवसायमा सोचे अनुरुपको प्रतिफल नपाएपछि छोड्ने गर्छन्,

0 तपाईलाई फेरी व्यवसाय गर्न कसरी प्रेरणा मिल्यो?
अब व्यवसायमा आफु कुन हिसाबमा लागिएको छ त्यसमा भर पर्छ । हरेक व्यवसाय गर्ने मान्छेले के सोच्नु पर्छ भने व्यवसाय गरीसकेपछि १०० प्रतिशत नाफामा गईन्छ भन्ने छैन, कहिलेकाहिँ घाटामा गईयो भने त्यसको उपाए के त भनेर सोच्न जरुरी छ । यो भन्दा राम्रो व्यवसाय छ कि भनेर रोज्नु पर्छ । जागीरे जिन्दगी एक तरीकाको हुन्छ तर व्यवसायीक जिन्दगीको हरेक हाँगाहरु हुन्छन् । र उपयुक्त हाँगा हेर्ने जता पनि जान मिल्छ ।

0 अरुलाई पनि व्यवसायमा लाग्न कसरी प्रेरणा दिनुहुन्छ?
– अहिलेको समयमा जुन खालको प्रतिस्पर्धात्मक सोच छ गाउँका युवाहरुमा, विषेश गरी हाम्रो उमेर समुहका मान्छेहरुमा । हाम्रो भन्दा अगाडिको समुह अलिकती पढ्ने, व्यचलर, डिग्री पढेपछि जागीर पाईहालीन्छ त भन्ने हिसाबको मानसीकता हुन्थ्यो । अहिले पछिल्लो समयमा पढेर पनि जागीर खाने ठाउँ छैन, प्रतिस्पर्धा धेरै, भनसुनका भरमा मात्रै हुने भन्ने मानसीकता छ । त्यस कारण के गर्ने त भन्दा खाँडि मुलुक जाने, मज्दुरी गर्ने, २–४ पैसा कमाउने, फेरी नेपाल आयो २–४ वर्षमा सकिन्छ । म बिषेश के भन्छु भने, हिजो भारतले प्यजा आयातमा प्रतिवन्ध लगाईदियो । नेपालमा प्याजको भाउ ३ सय रुपैँया सम्म पुग्यो । यदि नेपालमा प्यज उत्पादन गर्न सकेको थियो भने, अहिले जति पनि खाडिमा बस्ने नेपालीले नेपालमै बसेर प्याज उत्पादन गरेको थियो भने मार्केट थियो । अहिले चाईनामा कोरोनाले महामारी रुप लिईसक्यो, त्यहाँबाट लसुन आउन बन्द भईसक्यो, बजारभाउ अनुसार ९ सय ५० को लसुन रे भनेर काठमाण्डौमा सुनेको थिए, यदि नेपालमा लसुन उत्पादन गर्न सकेको भए । त्यसैले देश आत्मनिर्भर हुनको लागी युवाहरु देशमानै बस्नुपर्छ, हरेस खानु हुँदैन । सहरमा बसेर सुखको जिन्दगी बिताउनुभन्दा गाउँमै बसेर अहिलेत आधुनिकिकरण पनि भईसक्यो मोटरेवल बाटोहरु छ । एउटा साधन नभएको प्राय कमै होला । मोबाईल सबैको हात हातमा छ। ईन्टरनेट सबैले प्रयोग गर्छन् । प्रविधिमा गाउँ एती अगाडि बढिसक्यो, अब यसलाई व्यवहारमा उतारेर के छ बजारको माग, के चिज कुन बेलामा उत्पादन गरेर उद्योग मात्र नभई कृषि जस्ता हरेक कामलाई व्यवपसायीक तरीकाले अगाडि बढ्न सकिन्छ ।

0 व्यवसाय सुरु गर्न पहिला के आवश्यक पर्ने रहेछ?
– व्यवसाय सुरु गर्न अगाडि पहिला त व्यवसाय सोच नै हुन जरुरी छ । कुनै उद्देश्य लिएर म केही गर्छु, यो उद्देश्य पुरा नहुञ्जेल सम्म म यसमा लाग्छु भनेर सोच्नु पर्छ । बरु १ बर्ष लाग्ने काम छ भने ४ वर्ष लागोस् त्यो पाउनलाई । लगातार गर्छु र लाग्छु भनेर अगाडि बढ्यो भने त्यसैमा व्यवसायीक सोच बनीहाल्यो । त्यसमा लगनशिलता हुनुपर्यो, आफुने गर्न सक्छु भन्ने भित्रै देखि एउटा आत्मविश्वास पनि हुनुपर्यो र त्यहि अनुसारको वातावराण आफुले खोजी गर्नुपर्यो ।

0 पुँजीगत समस्या भएका उद्यमी सोच भएकाहरु कसरी यसमा लाग्न सक्छन्?
– सर्वप्रथम त सोच नै व्यवसायीक हुनुपर्यो । मानौ थोरै पैसा छ, म सँग पैसा छैन भन्ने मानीस सँग पनि २–४ हजार हुन्छ अहिलेको समयमा । २–४ हजार पैसा छ भने त्यहिँबाट व्यवसाय सुरु गर्ने । कसैले ठुलो व्यवसाय गर्दैछ त्यही जसरी करोड लगानी गर्छु भनेर हैन कि, जती छ त्यहिँ बाट सुरु गर्ने । गाउँघरमौ भएका सागपात, तरकारी, काठमाण्डौमा अर्गानीक भन्ने माहोल चलेको छ, अर्गानीकको मार्केट छ । यो ठाउँमा उत्पादन भएका चिज वस्तुलाई त्यो २–४ हजारको सग किनेर लगेर बेच्न सुरु गर्ने ।
एकैछिन तपाँईको सुरुवाती दिन तर्फ फर्कौ, यहाँसम्म आईपुग्दा के कस्ता

0 समस्या भोग्नुपर्यो, कति संघर्ष गुर्नपर्यो?
– पहिले त अब हामी यहिँ बसेको मेरो घर काँक्रे हो । हामी धर्मशाला स्कुलमा पढ्थ्यौ, ६० सालको एस्एल्सी व्याच हो । त्यसपछि काठमाण्डौ गईयो, यसो केहि काम गर्दै पढ्ने भन्ने मानसीकताले गईयो । पढ्दै जाँदा ११, १२ पढियो । मेरो विषय पनि माकेटिङ थियो । सोच नै १२ पढेपछि व्यवसाय गर्ने नै थियो । पछि मैले धेरै पुरानो पार्लेजी भन्ने बिस्कुट कम्पनीको माकेटिङ हेरेँ १२ सकेपछि । त्यसपछि व्यचलर सम्म पशुपति क्याम्पसमा पढेँ । त्यहाँ बाट नै मलाई माकेटिङ सम्बन्धि ज्ञान भयो । ईन्डियन हरु कम्पनिका माकेटिङ म्यानेजरहरु आउनुहुन्थ्यो । उहाँहरुले गर्ने माकेटिङ पोलीसी, मार्केटमा आफ्नो सामग्री बेच्ने उनिहरुको क्षमताहरु देखेर व्यवसायप्रति अलि लगाब बढ्यो । खास व्यवसायमा ईच्छा लाग्यो अनि सुरु भयो व्यवसायीक यात्रा ।
व्यवसाय सँगसँगै विभिन्न सामाजीक कार्यसँग पनि जोडिनुभएको छ ।

0 हाल सम्म केकस्ता सामाजिक कार्यमा योगदान पुर्याउनुभयो?
– यो सामाजिक कार्यमा पनि पुस्ता अनुसारको समय हुँदो रहेछ । हाम्रो समयमा मोबाईल बोक्नु सामान्य कुरा थिएन र १२ पढेनेहरुले मोबाईल बाक्यो भने उ एकदम् ठुलो मान्छे मानीन्थ्यो । त्यो समयको मान्छे हामी, त्यही समय देखि सामाजिक क्षेत्रमा काम गर्यौ । त्यो समयमा बाल समुह भन्ने थियो, बाल समुह गठन गरेर खेल्ने ठाउँ बनाउने, पानी लिन जाने ठाउँ बिग्रीएको छ भने त्यहाँ बनाउने, केहि पनि भएन भने सामाजिक प्रेरणा दिने काम चै त्यो समुहले गर्ने गरेको थियो । त्यो सँग सँगै धाराहरु बनाउने, फेखरीहरु फेहोर छन् भने सफा गर्ने, यसरी सामाजिक काम गर्न प्रेरणा मिल्यो । अनि पछि अलि बुझिदै आईयो अनी आवश्यकता अनुसार बाटोघाटो तिर लागीयो । कतिपय अवस्थामा आफैले व्यक्तिगत जमानी बसेर पनि बाटेहरु खन्नमा भुमिका निभाईयो । अब हाम्रो त्तिबेलाको आवश्यकता बाटो थियो, अहिलेको आवश्यकता पिच गर्ने हुन्छ । अहिले पनि निरन्तर्ता नै छ जस्तै बाटो निर्माण, दातृ निकायसँग सहयोग मागेर नमोबुद्ध ७ मा चौतारा निर्माण गर्यौ । त्यहि दातृ निकायसँग सहकार्य गरेर हामीले पनि पैसा हालेर अर्को बाटो निर्माण गर्यौ, पुरानो भएकालाई ग्राभेल गर्यौ । यस्तै अरु छेत्रमा पनि गरीरहेकै छौँ ।

0 व्यवसायीक क्षेत्रमा लागीरहँदा ठुला ठुला परियोजनाहरुमा राजनीतीक चिजानकैकारण व्यवसाय फस्टाउँछ भन्छन् नि, कतिको सत्य हो?
– यस्तो सम्म पनि नहोला, किन भने एउटा ठुलो परियोजनामा त्यहाँ परामर्श दिने व्यक्तिहरु हुन्छन्, ईन्जिनियर हुन्छन्, सोही अनुरुपको सामग्रीको गुणस्तरीयताहरु हेरीन्छ, कम्पनी, सबै तोकेको हुन्छ । यो परिवेश भित्र बसेर जुनसुकै मान्छेले पनि सप्लाई गर्न सक्छ । अब अर्को कुरा के हुन्छ भने, एउटा विश्वसनीयता मान्छेमा के हुन्छ भने कस्लाई रोज्यो भने सहयोग हुन्छ, चाँडो हुन्छ, त्यो हिसाबले विश्वासीलो मान्छे छान्न सक्ला तर त्यहा भित्र नै राजनीती हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन ।

0 बजार प्रतिस्पर्धामक बनिरहँदा सामग्रीको गुणस्तरीयतामा गिरावट आएको गुनासो सुनिन्छ, तपाँईले दिने सेवामा कतिको गुणस्तरीयता छ?
– बजारमा के चलिरहेको हुन्छ भने एउटा हुन्छ उच्च तहको, अर्को हुन्छ मध्यम र कम गुणस्तर भएको सामग्री । हाम्रो भकुण्डेबेशीको कुरा गर्नुपर्दा यहाँ कम गुणस्तरको सामग्रीको बढि खपत हुन्छ, र मध्यम गुणस्तरको कम छ । मध्यम भन्नाले मध्यम वर्गको परिवारले खरिद गर्न सक्ने किसिमको हुन्छ । जुन गुणस्तरयुक्त हुन्छ, लामो समयसम्म टिक्ने हुन्छ । मेरो प्राथमीकता के हो भने सस्तो भनेर कुनैपनि चिज चाहै अलि महँगो नै किन नहोस्, गुणस्तर छ भने अलि पैसा थपेर किन्नु राम्रो हुन्छ । जस्तै ४ सयमा कम गुणस्तर सामग्री आउँछ भने थोरै पैसा बढि तिरेर गुणस्तरीय सामग्री आउँछ भने गुण्स्तरीय सामग्री खरीद गर्नु पर्यो र दिर्घकालीन रुपले सोच्नुपर्यो । जुन सामग्री खरीद गर्दा पनि मुल्य भन्दा पनि गुणस्तर हेनुपर्यो ।

0 व्यवसायीले त कम गुण्स्तरीय सामग्री पनि गुणस्तरीय छ भनेर उपभोक्त ठग्ने गरेको उदाहरणहरु छन्, यसमा कसरी सजग र सचेत हुन सकिन्छ?
– यसमा के गर्न सकिन्छ भने हामी सँग सबैको हात हातमा मोबाईल छ, टेक्नोलोजिको प्रयोग गर्नुपर्यो । कुनै सामान खरीद गर्नुपर्यो भने गुगलमा त्यो सामान अनि कम्पनिको नाम त्यस्तै मोडल हान्नुहोस्, सबै आउँछ । आफु यसरी चाहिँ चनाखो हुनुपर्यो । अब फटाँई गर्नेहरुले गर्न पनि सक्छन् नगर्ने त हैन तर यहिँ बसेर व्यवसाय गर्नेमा यस प्रकारको फटाँई नहोला ।

0 हामीले ग्राहकलाई कतिको सन्तुष्ट बनाउन सकेका छौँ?
– अहिले सम्म मैले गरेका व्यवसायमा असन्तुष्टि आएको छैन । अब कुनै कनै चिज समय अवधि भन्दा अगाडि नै टुटफुट हुन सक्छ, प्रयोग विहिन हुन सक्छ, बिग्रीन सक्छ । तिनिहरुलाई हामीले मर्मत गर्छौ । सबै कुरामा ग्राहकबाट गुनासो आउँदैन भन्ने हुँदैन, तर सक्दो बुझाउने प्रयास गरेका छौँ

0 आगामी दिनमा सरकाले नयाँ सोच बोकेर आएका व्यवसायीलाई के गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ?
– एउटा त मान्छेमा व्यवसायिक सोच हुनुपर्यो । जब सम्म व्यवसायिक भावना छैन, कसैले केहि गरिदिएर हुनेवाला केहि छैन । हौ भने हरेक क्षेत्रमा व्यवसाय गर्छु भनेर आउने व्यक्तिलाई के गर्दा सहजिकरण हुन्छ, के गर्दा सजिलो हुन्छ, त्यहि हिसाबले आफ्नो ठाउँबाट सहयोग गर्ने । यहि भनेर नभनौ जुन सुकै व्यवसायलाई अगाडि बढ्न प्रेरीत गर्ने । किनभने कुनै एउटा व्यवसाय चल्यो भने त्यो सँग जोडिएर अरु धेरै व्यवसाय चलिरहेका हुन्छन् ।

0 आफ्नो समय र बिचारको लागी धेरै धन्यवाद ।
– तपाँई लगाएत सम्पुर्ण टिमलाई पनि धेरै धन्यवाद ।

Facebook Comments