रोशी सहकर्मी–फागुन १८,
२०७६,काभ्रे/

सञ्चार सुविधाबाट बञ्चित रहेका काभ्रेका ग्रामीण भेगका स्थानीयलाई लक्षित गरेर रेडियो सञ्चानल गरेको भन्दै रेडियो रोशी १०१.६ मेगाहर्जका स्टेशन म्यानेजर गुणराज मुक्तानलाई सम्मान गरिएको छ । काभ्रे सेवा समाजले उहाँलाई दुरदराजमा रेडियो मार्फत स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सूचना दुरदराजमा पु¥याउन रेडियो मार्फत महत्वपूर्ण भूमीका खेलेको भन्दै सम्मान गरिएको हो ।
काभ्रे सेवा समाजकी सचिव उर्मिला कोइरालाले दुरदराजका जनतालाई रेडियो मार्फत सूचना दिन महत्वपूर्ण भूमीका खेलेकाले रेडियो रोशी १०१.६ मेगाहर्जका स्टेशन मेनेजरलाई सम्मान गरिएको जानकारी दिनुभयो । उहाँलाई काभ्रे सेवा समाजका अध्यक्ष केशब थापाले सम्मान पत्र दिएर सम्मान गर्नुभएको थियो ।
काभ्रे जिल्लाका अधिकांश रेडियो धुलिखेल, बनेपा आसपासमा मात्र सञ्चालनमा रहेका छन । तर रेडियो रोशी रोशी गाउँपालिकाबाट सञ्चालन हुँदै आएको छ ।
साथै कार्यक्रममा अमूर्त कलाका प्रख्यात कलाकार ठाकुरप्रसाद मैनाली, प्राज्ञ गीता त्रिपाठी तथा इतिहास र संस्कृतिका विज्ञ ज्ञानकाजी मानन्धर लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

Facebook Comments