रोशी सहकर्मी–फागुन २०,
२०७६,काभ्रे/

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमयुक्त देशको सुचिमा राखे सँगै देशै भर सतर्कता अपनाई रहँदा काभ्रे जिल्लामा पनि रोग फैलन नदिन उच्च सतर्कता अपाउन जिल्ला विपत व्यवस्थापन समिति काभ्रेले निर्णय गरेको छ । समितिले मानिसको जमघट हुने सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ ।
समितिको आज (मंगलबार) बसेको जिल्ला स्तरीय आकस्मिक बैठकले सभा, सम्मेलन, महोत्सव जस्ता जमघट हुने कार्यक्रमहरु तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । धेरै भिडभाड जमघट हुने स्थानहरु जस्तै विवाह, व्रतबन्ध, सुर्यदर्शन जस्ता धार्मिक, सास्कृतिक, कृयापकलापमा समेत कम भन्दा कम गर्न अनुरोध गरेको हो ।
त्यस्तै बनेपामा भोली (बुधबार) देखि हुने भनिएको औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव तत्काललाई स्थगित गरिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले जानकारी दिए । केसीले जनसंख्या मन्त्रालयको अनुरोध अनुसार कोरोना भाईरस (कोभिड–१९) को प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन र रोगबाट बच्न हाललाई भिडभाड हुने सभा सम्मेलन, महोत्सवहरु नगर्न नगराउन सबै स्थानीय तह र प्रशासनलाई अनुरोध गरेको छ ।
भाईरसको उपचारका लागि जिल्लामा भएका दुई ठुला अस्पताल धुलिखेल र शीर मेमोरियल अस्पतालमा आइसुलेन्स कक्ष सञ्चालनमा ल्याउन र आवश्यक सामग्रीहरु तयारी अवस्थामा राख्न पनि अनुरोध गरेको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थालाई समेत उच्च सर्तकता अपनाउन सबै स्थानीयतहलाई आग्रह गरिएको छ ।
त्यस्तै ठुला विद्यालय कलेजहरुको वार्षिक उत्सवतथा जमघटहरु नगर्न पनि वैठकले निर्णय गरेको छ । नजिकिदै गरेको होली पर्वमा पनि धेरै समुहका बिच रंग मिसिएको पानी, लोला प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।

Facebook Comments