रोशी सहकर्मी–फागुन २०,
२०७६,काभ्रे/

धुलिखेलका घोलेजु परिवारले स्वागत गरि भित्रयाइएको नवदुर्गालाई विभिन्न क्षेत्रका ब्यक्तिहरुले पुजा सहित विदाई गरेका छन । सोमबारबाट धुलिखेलमा शुरु भएको नवदुर्गा नाच जात्रा मंगलबार साँझ सकिएको छ ।
धुलिखेलले नवदुर्गा र हरिसिद्धी जात्रालाई विशेष रुपमा मनाउने गरेको छ । स्थानीय सरकारले समेत स्थानीय पर्व जात्राहरुलाई महत्व दिदै मंगलबार स्थानीय पर्व विदा दिएको छ । नगर प्रमुख अशोककुमार ब्याञ्जुले स्थानीय कला, संस्कृतिहरुको संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेकोे बताए ।
धुलिखेलमा विशेष गरी नवदुर्गाको नाचलाई महत्वका साथ हेरिन्छ । नवदुर्गाको जात्रा मल्लकालदेखि सञ्चालन हुँदै आएको नगरबासी बताउँछन । ने सं ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सञ्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गा देवस्थल निर्माण गराएका थिए । बर्षभरिको सबैभन्दा बढ़ी जात्रा सञ्चालन हुने ऐतिहासिक जात्रामा श्री नवदुर्गालाई जीवीत देवताको रूपमा पुजिने गरिन्छ । यो जात्रा भक्तपुरमा मात्र सीमित नभई पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, श्रीखण्डपूर, पनौती गरी विभिन्न स्थानमा जात्रा सञ्चालन गरिन्छ ।

Facebook Comments