यश कुमार परियार–फागुन २०,
२०७६,काभ्रे/

महिलाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ मा ३ महिने सिलाई तालिम सुरु भएको छ । आज (मंगलबार) नगर उपप्रमुख राम देवी तामाङले उद्घाटन गरेसँगै सुरु भएको तालिममा ५ नम्बर वडाका २९ जना महिलाहरुको सहभागि रहेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालले जानकारी दिए ।

नमोबुद्ध नगरपालिकाको २ लाख आर्थिक सहयोग रहेको यस तालिममा आवश्यक मेसीनरी उपकरणहरु घरेलु तथा साना उद्योग कार्यलय काभ्रेले सहयोग गरेको छ । कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले महिला लक्षित कार्यक्रम गरीनुनै आगामि दिनमा महिलाहरुलाई आत्मनिर्भर बनाउनु भएकाले यस तालिमबाट सिप सिक्न सफल भएमा साना उद्योग खोल्न नगरले सहयोग गर्ने बताईन् ।

करीब ३ महिना चल्ने तालिमको संयोजन महिला तथा बालवालिका शाखा प्रमुख तारा सुनुवारले गर्ने छिन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजाल, लेखा अधिकृत रिपु ध्वज के.सी. लगागतको उपस्थिति रहेको थियो ।

Facebook Comments