रोशी सहकर्मी–फागुन २२,
२०७६,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले पालिका भरि संचालित सम्पुर्ण विद्यालयलाई चैत्र ५ गते सम्म परिक्षा सकाउन निर्देशन दिएको छ । पालिकाले एक सुचना जारी गर्दै यहि फागुन २८ गतेबाट कक्षा १ देखि ९ सम्मको परिक्षा सकाउन निर्देशन दिएको हो ।
विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनका निमित्त यस्तो कदम चालिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालले बताए ।
यस अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको थियो । हालै जिल्लामा भएको आकस्मिक बैठकले पनि विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरु आयोजना नगर्न, नगराउन निदेशन दिएको थियो ।

Facebook Comments Box