रोशी सहकर्मी–फागुन २२,
२०७६,काभ्रे/

जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेले टिपर चालक र सर्वसाधरणको स्वास्थ्य परिक्षण गरेको छ । बनेपा हेल्थ केयर प्रा.लिको सहयोगमा काभ्रे जिल्लामा गुड्ने टिपर चालक र यात्रुबाहक बसका चालकहरु लगाएतको स्वस्थ्य परिक्षण गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल लामाले दिएको जानकारी अनुसार । दुर्घटना बढाउने गरेका कारण टिपरहरु काभ्रेबाट राती मात्र राजाधानी छिर्न पाउने व्यवस्था छ । यस कारण टिपर चालक र यात्रुबाहकहरु लगाएतको स्वास्थ्य के कस्तो भएको छ भनेर बनेपा हेल्थ केयरको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले स्वास्थ्य परिक्षण गराएको हो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमयुक्त देशको सुचिमा राखे सँगै देशै भर सतर्कता अपनाई रहँदा काभ्रे जिल्लामा पनि रोग फैलन नदिन बनेपा हेल्थ केयरका प्रबन्धक जितेन्द्र थापाले जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेलाई उच्च क्वालिटीको माक्स प्रदान गरेको थिए ।

Facebook Comments