असोज २८,
जापानमा हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गएको छ । १५ जना बेपत्ता छन् । सबै सुचना प्राप्त गर्न नसकेका कारण यो संख्या अझ बढ्न सक्ने अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुको मात्रा बढ्दै गएको र खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान रहेको अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको छ ।

विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीपछि उद्धारका लागि रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् ।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ । हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो ।

Facebook Comments Box