रोशी सहकर्मी–फागुन २२,
२०७६,काभ्रे/

२०७२ साल बैशाख १२ मा ठुलो भुकम्प गएको चार वर्ष बितिसक्दा पनि जिल्लामा ६१ प्रतिशत मात्र आवास पुनःनिर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार जिल्लामा अहिले ८२ हजार ८४३ भूकम्प पीडितको लाभग्राहीको सूचीमा प्रकाशित भएको छ ।
७८ हजार ७ सय २ अर्थात ९१ प्रतिशत भूकम्प पिडितले नेपाल सरकारले प्रदान गरेको अनुदान स्वरुप पहिलो किस्ताको अनुदान प्राप्त गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेले जनाएको छ । इकाईका अनुसार जिल्लाका भूकम्प पिडितको लाभग्राहीमध्ये ६० हजार ८ सय ६ अर्थात ७२ प्रतिशतले दोस्रो किस्ताको रकम लिएर आवास पुर्न्निमार्णको काम अगाडी बढाएका छन् । त्यस्तै ५१ हजार ४ सय ५६ लाभग्राही अर्थात ६१ प्रतिशतले अनुदानको तेस्रो किस्ता लिई आवास पुर्न निर्माण सम्पन्न गरेको इकाईको तथ्याङकमा उल्लेख गरिएको छ ।
जिल्लाका भूकम्प पिडित लाभग्राहीमध्ये ५७ सय ८४ रेक्ट्रोफिटमा परेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका सूचना अधिकारी गणेश घिमिरेले बताए । उनका अनुसार पहिलो किस्ता अन्र्तगतको ५० हजार पाउने ७८ हजार ७ सय २ मध्ये २ सय १८ जनाले सम्झौता रकम र्फिता गरेका छन् । फर्जी भूकम्प पीडित भएका कारण उनीहरुले अझै आवास निर्माण नगरेको बताउँदै, सूचना अधिकारी घिमिरेले भने, ‘अहिलेसम्मको तथ्याङकमा जिल्लामा ६१ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन । आवास पुर्न निमार्णले चाँडै तिब्रता पाउनेछ । यसको लागि प्रयासरत छौँ ।’
जिल्लामा आवास पुर्न निर्माण ढिलाई भइरहँदा जिल्ला कार्यान्वयन इकाइको काम पनि धेरै पारदर्शी हुन नसकेको गुनासो भुकम्प पिडितहरुले गर्दै आएका छन् । अनुगमनको नाममा लाखौं खर्च हुने गरेपनि त्यसको अनुगमन प्रभावकारी रुपमा हुन नसकेको जनगुनासो पनि रहेको छ । यस विषयमा स्थानीय तह र इकाईकोतर्फ पुर्न्निर्माणको कार्यको नियमन र निगरानी स्थानीय तहले गरिरहेको इकाईका सूचना अधिकारी गणेश घिमिरेले बताए ।

Facebook Comments