रोशी सहकर्मी-फागुन २४,
२०७६,काभ्रे/

कुटपिट अङ्गभङ्गको अभियोगमा फरार रहेका एक व्यक्तीलाई जिल्ला प्रहरी कार्यालय नौ बर्षपछि पक्राउ गरेको छ । साबिक फलाटे–७ को हाल भुम्लु गाउँपालिका ७ बस्ने वर्ष ३५ को हरि भन्ने सुरज खरेललाई बनेपाबाट प्रहरीले पक्राउ गरेको हो ।
हरि भुजेललाई कुटपिट अंगभंग गरेको मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६८ भदौ १ गतेका दिन २ वर्ष कैद र ५ हजार ८ सय ३७ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाका अनुसार जिल्ला अदालत काभ्रेको फैसला कार्यन्वयन नगरी फरार रहेका खरेललाई बनेपा वडा न ८ बाट पक्राउ गरेको जानकारी दिनुभयो । खरेललाई जिल्ला अदालतमा पेश गरेकोमा उनलाई लागेको कैद तथा जरिवाना भुक्तानको लागि शुक्रबार नै कारागार चलन गरिएको छ ।

Facebook Comments