रोशी सहकर्मी–फागुन २५,
२०७६,काभ्रे/

जिल्लाको नमोबुद्धबाट गिट्टी बोकेर गएका टिपर चलकले प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् । काभ्रेबाट काठमान्डौ स्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिनखोज्दा टिपर चालकलाई नियन्त्रणमा लिएको हो । नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीवाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नंम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी सागाँमा कार्यरत प्रहरी हबलदार दिपेन्द्र कार्कीले बिहान ५स्३० को समयमा कागजपत्र मागेका थिए । रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षकलाई जाहेरी गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।
प्रहरी सहायक निरीक्षक आउने वितिक्कै चालक सरोज तामाङले पाँच सय निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताए । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धान गरिरहेको प्रहरीले बताए ।

Facebook Comments