रोशी सहकर्मी–फागुन २५,
२०७६,काभ्रे/

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा दुई दिने सहकारी पत्रकारिता तालिम शनिबार धुलिखेलमा सम्पन्न भएको छ ।
तालिममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाई, नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाई र समस्याग्रस्त सहकारी छानबिन समितिका पूर्व सदस्य दिपकप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments Box