रोशी सहकर्मी–फागुन २५,
२०७६,काभ्रे/

काभे्रपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकाका सामुदायिक बिद्यालयलाई खानेपानी ट्याङकी वितरण गरिएको छ । नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्यको पहलमा लायन्स क्लव इन्टरनेशनलले खानीखोला गाउँपालिकाका १० सामुदायिक बिद्यालयलाई १० वटा ट्याङकी आज एक कार्यक्रमका बीच बनेपामा वितरण गरिएको थियो ।
खानीखोला गाउँपालिका वडा न १ को देवीस्थान निमावि, वडा न २ को सेतीदेवी प्रावि, वडा न ३ का भृकुटी मावि र केन्द्र ज्योती प्राविलाई वितरण गरिएको थियो । त्यस्तै खानीखोला गाउँपालिका वडा न ५ को नेत्रज्योती प्रावि, वडा न ६ का बाँसपुर प्रावि, ज्ञानकुञ्ज प्रावि र जनप्रिय प्रावि, वडा न ७ को महेन्द्र मावि र सरस्वती आधारभुत बिद्यालयलाई ट्याङकी वितरण गरिएको थियो ।
ट्याङकी वितरण कार्यक्रममा नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, उपसभापति गोविन्दबहादुर थापा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, लायन्सका माधव थापा, खानीखोला गाउँपालिकाका काँगे्रस नेता क्षेत्र लामा लगायतको उपस्थिती रहेको थियो । विभिन्न कार्यक्रमका खानीखोला जाँदा बिद्यालयमा खानेपानी राख्ने ट्याङकीको समस्या देखेपछि पहल गरेको सभापति आचार्यले बताउनुभयो ।

Facebook Comments