रोशी सहकर्मी–फागुन २५,
२०७६,काभ्रे/

अत्याधिक चिसोका कारण कफीका बोट मर्न थालेपछि काभ्रेपलाञ्चोक जिल्लाका कफी किसान चिन्तित बनेका छन । कफी उत्पादन, कृषक संख्या र खेतीको क्षेत्रफलका आधारमा उत्कृष्ट रहेको काभ्रेमा पछिल्लो समय अत्याधिक चिसोका कारण कफी बोट मर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन ।
भिरालो पाखाबारीमा लगाइएको जैविक कफी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन । जिल्लाको डाँडापारि, कोसीपारि लगायतका क्षेत्र कफी खेतीका लागि उपयुक्त मानिन्छ । यस क्षेत्रका कृषकले हरेक वर्ष नयाँ विरुवा रोपण गर्दै आएका छन् ।
खानीखोला गाउँपालिका वडा न ७ मिल्चेको खजुलीबेसीका लोकबहादुर घलानले अत्याधिक चिसोका कारण कफीका बोट मर्न थालेको गुनासो गर्नुभयो । प्राविधिक ज्ञान सबैसँग नहुँदा भटाभट् कफीका बोट मर्ने क्रम बढेको उहाँले बताउनुभयो । यहाँका किसानका आम्दानीको स्रोत भने कै कफी थियो तर यस बर्षको चिसोका कारण करिब दुई हजार भन्दा बढी कफीका बोट सुकेको बताउनुभयो । छाहारीको व्यवस्थापन राम्रो नहुन नसक्दा कफीका बोट सुक्दै गएको किसानहरुको भनाई छ ।
देशको करिब दुई दर्जन जिल्लाहरुमा व्यवसायीक रुपमा कफी खेती गरिँदै आएको छ । यस वर्षको चिसो याममा देश भरी नै कफी खेतिमा समस्या देखिएको हो । चिसोको कारण देखिएको समस्याको कारण यस वर्ष ४० प्रतिशतले उत्पादन घट्ने राष्ट्रिय चिया तथा कफी विकास वोर्डको प्रक्षेपण छ । आद्रतामा भएको बृद्धिको कारण कफी बोट सुक्ने सम्मको समस्या भएको हो ।
उत्पादन भित्रयाउने बेलाको कफीमा नै समस्या देखिए पछि कृषकहरु मारमा परेका छन । कफी खेतीका लागि राज्यबाट विरुवा अनुदान बाहेक अन्य सुविधा नदिएको कृषकहरुको दुखेसो छ । उत्पादनको बजार मुल्य राम्रो भए पनि खेतीमा आउने जोखिम बहन गर्ने राज्यबाट कुनै नीति नभएका कारण कफी खेती जोखिमको बाली बन्दै गएको उनीहरु बताउँछन ।

Facebook Comments Box