रोशी सहकर्मी–फागुन २८,
२०७६,काभ्रे/

तेमाल गाउँपालिका वडा न ८ खड्कुले दह भन्ने स्थानको रोसी खोला नजिक रामबहादुर घिसिङको तोरी बारीमा मृत भेटिएको लासको पहिचान खुलेको छ । रोसी गाउँपालिका वडा न १२ का ५७ बर्षीय मान बहादुर रानामगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभे्रका डीएसपी कुमार बिक्रम थापाले गत फागुन २३ देखी घरबाट हिडेका रानामगर २५ गते बेलुका मृत भेटिएको जनाए । नाम वतन नखुलेका पुरुषको लास फेला पारेका थियौँ । डीएपी थापाले भने पछि कसको रहेछ भनेर हामीले मृतक लासको फोटो तथा मृतक लासको शरिरमा लगाईएको कपडा र परिवारले दिएको निवेदनका आधारमा पहिचान गरिएको जानकारी दिए । प्रहरीले पहिचान नभएको लास फोरेन्सिक मेडिसिन बिभाग त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौको शब गृहमा राखेको थियो । २६ गते मृतकको छोरा कुमार राना मगरबाट सनाखत भई लास परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box