रोशी सहकर्मी–फागुन २९,
२०७६,काभ्रे/

जिल्लाको काभ्रेमा सवारी दुर्घटनामा परी ५ जना घाईते भएका छन् । झापाबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४१८७ माईक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नं. ३–०३–००१ ख ०१९४ नम्बरको मालवाहक ट्रक आज (बिहीबार) धुलिखेल नगरपालिका–३ स्थित अरनिको राजमार्गमा दुर्घटनामा परेको हो । झापाबाट यात्रु बोकेर आएको माईक्रोबस र काठमाण्डौबाट समान बोकेर आईरहेको मलवाहक ट्रक एकआपसमा ठोक्एिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
घाईते हुनेमा माईक्रोबस चालक काभ्रे जिल्लाको पनौती नपा–९ बस्ने वर्ष २८ का विज्ञान दाहाल लगायतको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै झापा जिल्लाका दमक नगरपालिका वडा नं ८ बस्ने बर्ष ३२ का रन्जित गजमिर, झापा जिल्लाका मेचिनगर नगरपालिका वडा नं ६ वर्ष २२ का केशब मिश्र, दोलाखा जिल्लाको मैनापोखरीका वर्ष ६४ का बलराम शर्मा र काठमाण्डौ जिल्लाको कोटेश्वर बस्ने वर्ष ६२ का कृण्ण क्षेत्री रहेका छन् । घाइतेमध्ये दोलाखाको मैनापोखरी बस्ने बर्ष ६४ को बलराम शर्मा दाँया पातामा चोट लागेको छ । घाईते शर्मालाई अन्य घाइतेहरुलाई भन्दा बढी गहिरो चोट लागेको अस्पतालले जनाएको छ ।
घाईतेहरुको टाउको, खुट्टा, घुडा, नाक आदिमा चोट लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रबिकुमार पौड्यालले जानकारी दिए । मालवाहक ट्रक, ट्रक चालक र हाईस प्रहरी नियन्त्रण छ भने दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments