फागुन २९,
२०७६,काभ्रे/

भूकम्प पीडित नभएपनि झुक्याएर नेपाल सरकारको अनुदान लिने काभ्रेपलाञ्चोकका भूकम्प पीडितले रकम फिर्ता गर्न थालेका छन । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन कार्यालयका अनुसार अहिले सम्म २१८ गैह्र भूकम्प पीडितले रकम फिर्ता गरेका छन ।

कार्यालयका लेखा अधिकृत एवम् सूचना अधिकारी गणेश घिमिरेले २१८ जनाबाट एक करोड नौ लाख रुपियाँ रकम फिर्ता आएको बताउनुभयो । उहाँका अनुसार अन्यत्र घर भएका, घर नभत्किएका, दोहोरो रकम लिएकाले रकम फिर्ता गरेको हुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गैह्र भूकम्प पीडितलाई रकम फिर्ता गर्न आग््रह गरेको थियो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन कार्यालय काभ्रेले १७ अर्ब ९३ करोड ९५ लाख रकम जिल्लाका भूकम्प पीडितलाई भूक्तानी गरिसकेको घिमिरेले बताउनुभयो । जिल्लामा ५१ हजार ४५७ अर्थात ९६१ प्रतिशत० भूकम्प पीडितले आवास निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लगेका छन । घिमिरेका अनुसार जिल्लामा ८४ हजार ४८६ भूकम्प पीडितको लाभग्राहीमा नाम प्रकाशित भएको भएपनि अहिले सम्म ९० प्रतिशतले मात्र सम्झौता गरेका छन । ७६ हजार ६८४ भूकम्प पीडितले सम्झौता गरेका छन । त्यस्तै ६० हजार ८१२ अर्थात ७२ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापतको रकम लिएका छन ।

नेपाल सरकारले तीन चरणमा भूकम्प पीडितलाई रकम दिदैँ आएको छ । सम्झौता गरेपछि ५० हजार, डीपीसी गरेपछि एक लाख ५० हजार र आवास निर्माण सम्पन्न भएपछि एक लाख गरी तीन लाख रुपियाँ दिने गरेको छ ।

– गोरखापत्र दैनिकबाट

Facebook Comments