रोशी सहकर्मी, असोज २८
‘खेलकुद विकासमा युवा अभियान, कृषि, सँस्कृति र पर्यटन प्रबद्र्धन पाँचखाल महोत्सवको पहिचान’ भन्ने मूल नाराका साथ काभ्रे जिल्लाको पाँचखालमा आयोजना हुन लागेको दोश्रो पाँचखाल महोत्सव–२०७६ भोलीबाट सुरु हुने भएको छ । नेपालीहरुको महान चाड बडादशैँलाई बिदाई गरेलगत्तै दोश्रो महान चाड दिपावलीलाई लक्षित गरी पाँचखाल युनाइटेड फुटबल एशोसिएसन– पाँचखालको आयोजनामा उक्त मेला हुन लागेको हो । महोत्सवको उद्घाटन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गर्नेछन् ।
महोत्सवमा पाँचखाल नगरपालिका, उद्योग वाणिज्य संघ, विभिन्न सामाजिक संघ संस्था तथा क्लवहरु सँगको सहकार्य रहने कार्यक्रम संयोजक जीवन नेपालले बताए । यस महोत्सवको उद्देश्य भिजिट नेपाल २०२० लाई थप मद्दत पु¥याउने, स्थानीय स्तरका सरसाग्रहरुको प्रदर्शनी साथै प्रचार प्रशार, पाँचखालको अनैकोटमा रहेको भ्यू टावर लगायत सांस्कृतीक तथा पर्यटकीय स्थलहरुको प्रचार गरी पर्यटक भित्राउने रहेको नेपालले बताए ।

पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सबमा स्थानीयस्तरमा उत्पादन हुने बस्तुहरु, संस्कृतिक झल्कने सामाग्री, कृषि सामग्री, खेल–मनोरञ्जन, लत्ताकपडा, घरायसी सामग्री आदिका १ सय सम्म स्टलहरु रहने र करीब एक लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको पुफा अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिए । बालबालीकाहरुका लागी बालउद्यानको व्यवस्था रहेको उक्त मेलामा प्रत्येक दिन स्थानीय र रास्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती पनि रहने छ । कृषि नगरी भनेर चिनिने काभ्रे जिल्लाको पाँचखालमा यहि असोज २९ गतेदेखि कार्तिक ९ गतेसम्म उक्त मेला चल्नेछ ।

Facebook Comments Box