रोशी सहकर्मी–चैत्र २,
२०७६,काभ्रे/

जिल्लाको ८ पालिकामा सुरु भएको दादुरा रुवेला खोप कार्यक्रम रोशी गाउँपालिकामा पनि सुरु भएको छ । खहरे पाँगु देखि भिमखोरी सम्म साविकको १० वटा गाविसको खोप केन्द्रहरुमा सुरु भएको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए । कार्यक्रमको शुभकारम्भमा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा. नरेन्द्र कुमार झा, रोशी गाउँपालिकाका अध्यक्ष दल बहादुर लामा, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको सहभागिता रहेको थियो ।
यस अभियान अन्तर्गत पालिका भरी रहेका २९ सय ७६ बालबालिकाहरुलाई खोप लगाईने लक्ष्य रहेको शाखा प्रमुख श्रेष्ठले बताए । रोशीमा रहेका १० वटा स्वास्थ्य चौकी अन्तर्गत ९० वटा खोप केन्द्र मार्फत खोप लगाईने छ । स्वास्थ्य शाखा प्रमुखका अनुसार रोशीमा १० जना खोप कार्यकर्ता तथा १ सय ८० जना स्वंसेवक खटाईएको छ । पहिलो चरणको खोप कार्यक्रममा १० गतेसम्म सञ्चालन हुनेछ । खोप ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाकालाई लगाइने छ ।

Facebook Comments