रोशी सहकर्मी–चैत्र २,
२०७६,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकामा पनि खोप कार्यक्रम सुरु भएको छ । ११ वटा वडा भएको नगरपालिकामा हरेक वडाको १/१ वटा खोप केन्द्रबाट खोप कार्यक्रम सुरु भएको स्वास्थ्य शाखा प्रमुख राजु बोगटिले जानकारी दिए ।
हरेक वडामा वडा अध्यक्षको उपस्थितिमा सुरु भएको कार्यक्रममा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुले खोप लगाउन सक्ने बताए । नगरपालिकामा मेथिङकोट अस्पताल, सहरी स्वास्थ्य चौकी ३ वटा र स्वास्थ्य चौकी ७ वटा गरी ११ वटा स्वास्थ्य संस्था रहेका छन् । पालिकाले ७२ वटा खोपकेन्द्र मार्फत २८ सय २३ जना बालबालिकाहरुलाई खोप लगाउने लक्षय लिएको छ । आज पहिलो दिन ४ सय १४ जनाले खोप लगाएको प्रमुख वोगटिले जानकारी दिए । पहिलो चरणको खोप कार्यक्रममा १० गतेसम्म सञ्चालन हुनेछ । खोप ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाकालाई लगाइने छ ।

Facebook Comments