यश कुमार परियार-चैत्र २,
२०७६,काभ्रे/

काभ्रेमा पहिलो चरणको दादुरा–रुबेला खोप कार्यक्रम सुरु भएको छ । आज (आइतबार) बाट दुई चरणमा जिल्लाको ८ वटा पालिकामा दादुरा–रुबेला खोप कार्यक्रम सुरु भएको हो । यसैबिच तेमाल गाउँपालिकामा पनि काल्धारबाट दादुरा–रुबेला खोप कार्यक्रम सुरु गरिएको छ । तेमाल गाउँपालिका वडा नं ७ मा रहेको काल्धार खोप केन्द्रमा एक कार्यक्रमका बिच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले उद्धघाटन गरेसँगै सुरु भएको हो । वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङको सभापतित्व रहेको कार्यक्रममा स्थानीय वासिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले आ–आफ्नो बालबालिकालाई नियमित खोप लगाउन अनुरोध गरे । बालबालिका स्वस्थ भए भविष्य उज्वल हुने बताउँदै उनले अवसरहरुलाई त्यसै खेर नफाल्न पनि भने । त्यस्तै विश्व भरी महामारीको रुप लिईरहेको कोरोना (कोभिड–१९) भाईरसबाट जोगिनको निमित्त सचेत हुन पनि आग्रह गरे । विशेष त यो भाईरसबाट ५० वर्ष माथिकालाई चाँडो संक्रमीत हुने हुँदा बृद्ध भएका हरुलाई विशेष सजगता अपनाउन सुझाब दिए ।
त्यस्तै कार्यक्रमका सभापति वडा अध्यक्ष ज्ञान बहादुर तामाङले आफ्नो ठाउँमा खोप अभियान संचालन भएकोमा खुसी व्यक्त गरे । बालबालिकालाई लगाउनुपर्ने सम्पुर्ण खोप समयमानै लगाउन अनुरोध गर्दै आफ्नो वडा वासीका लागी निरन्तर काम गरिरहने बताए । साथै सोही अवसरमा गाउँमा बाटोको लागी १ करोड बजेट छुट्याई सकेको पनि जानकारी दिए । त्यस्तै मंगलटार बजारबाट गाउँ प्रवेश गर्ने खोलामा पुलको आवश्यकता परेको र डि.पि.आर. तयार गर्ने काम भईरहेको साथै तयार भए लगतै बजेट बिनियोजन गरी चाँडै काम अगाडि बढाउने उनले बताए ।
काल्धार खोप केन्द्रबाट सुरु गरिएको कार्यक्रममा गाउँ भरिका ९ महिना देखि ५ वर्ष मुनीका वालबालिकाले दादुरा–रुबेला खोप लगाउनसक्ने छन् । तेमाल भरिमा रहेका कुल १ हजार ८ सय ६६ बालबालिकालाई ४५ वटा खोप केन्द्र मार्फत खोप लगाउन सकिने पनि प्रवक्ता समेत रहेका वडा अध्यक्ष तामाङले बताए । वडा नम्बर ७ बाट सुरु भएको खोप अभियानका लागि ३० जना स्वास्थ्य कर्मी परिचालन गरिएको पनि उनले बताए ।

Facebook Comments Box