रोशी सहकर्मी–चैत्र २
२०७६,काभ्रे/

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ७ कुन्ताबेसीमा टिपर र मिनिटिपर एकापसमा ठोकिंदा २२ जना घाइते भएका छन् । सिन्धुपाल्चोक जिल्लाको देउरालीबाट काभ्रेको चैनपुर फर्कने क्रममा बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२ नम्बरको मिनिटिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।
दुर्घट्नामा परि मिनिटिपरमा सवार २२ यात्रु घाइते भएको थापाले बताए । थापाका अनुसार घाइते मध्य २ जना गम्भिर छ उनिहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुको स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको थियो ।

Facebook Comments Box