रोशी सहकर्मी–चैत्र १,
२०७६,काभ्रे/

पनौती नगरपालिकाले चैत १४ देखी २२ गते सम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन गर्ने भएको छ । पनौती नगर स्वास्थ्य शाखाले शुक्रबार नगरस्तरीय खोप अभिमुखीकरण कार्यक्रममा चैत १४ देखी २२ गतेसम्म १२ वटै वडामा दादुरा–रुवेला खोप अभियान सञ्चालन गर्न लागेको जनाएको हो ।
पनौती स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले पनौती नगरपालिकाका ९० खोप केन्द्रमा दादुरा–रुवेला खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार नगरका नौ महिना देखी पाँच बर्ष मुनिका तीन हजार ८३५ बालबालिकालाई दादुरा–रुवेला खोप लगाइने बताउनुभयो । उहाँले उक्त खोप अभियानका लागि १८० स्वास्थ्य स्वयमसेविका र २० खोप कार्यकता सहभागि हुने बताउनुभयो ।

Facebook Comments