रोशी सहकर्मी–चैत्र १,
२०७६,काभ्रे/

हरेक १२ बर्षमा लाग्ने मकर मेला नजिकिएसँगै पनौतीलाई सफा, सुन्दर र हरियाली बनाउन विभिन्न अभियानहरु सुरु भएका छन । विस् २०७८ माघ महिनामा १२ बर्षीय मकर मेला लाग्ने भएपछि पनौतीलाई क्लिन र ग्रीन बनाउने अभियान ५४ औँ हप्तामा पुगेको छ ।
क्लिन, ग्रीन पनौती अभियानका अभियान्त सुमित्रा बञ्जाराले १२ बर्षमा लाग्ने मकर मेलालाई लक्षित गरेर नदीको सफाई तथा बजार सफाइ अभियानलाई अगाडि बढाएको ५४ औँ हप्ता पुगेको बताउनुभयो । प्रत्येक शनिबार हातमा पन्जा लगाएर झाडु, सावेल, बोकेर महिला सफामा जुटदै आएका छन ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक एव्म पर्यटकीय महत्व बोकेको पनौतीभित्र मात्र पाँच दर्जन भन्दा बढी मठमन्दिर रहेका छन । पनौतीलाई बासुकी नागले सुरक्षित गरेको जनविश्वास छ । लिलावती, पुण्यवती र रुद्रवती नदीको संगमस्थल त्रिवेणी धाममा जोडिएका गौतम ऋषि, अहिल्या, इन्द्र र सचिका रहेको पौराणिक तथ्य किवंदन्तीमा रहेका छन ।
“पनौती त्रिवेणी नागरिक सरसफाइ अभियान” नाम दिइएको उक्त सफाई अभियान विस्तारै बढ्न थालेको स्थानीयले जनाएका छन । अभियानमा विस्तारै जनसहभागिता बढ्दै गएपछि महिला हौसिएका छन । उनीहरुले मक मेलामा पनौतीलाई सुन्दर बनाइसक्ने लक्ष्य लिएका छन । अधिकार सम्पन्न बाग्मती समिति, बाग्मती सफाइ अभियानका अभियान्ता, नेपाली सेना, नेपाल प्रहरी लगायतले अभियानमा साथ दिदैँ आएका छन ।

Facebook Comments