रोशी सहकर्मी–चैत्र २,
२०७६,काभ्रे/

जिल्लाको भकुण्डेबेशी जेसीजले कोरोना (कोभिड–१९) भाईरस सम्बन्धि सचेतना र्याली गरेको छ । आईतबार भकुण्डेबेशी जेसीज शाखा वर्ष २०२० का अध्यक्ष श्री कृष्ण अधिकारीको संयोजकत्वमा बजार क्षेत्रमा कोरोना सम्बन्धि जनचेतना जगाउने कार्य भएको हो ।
र्यालीमा कोरोनाको संक्रमण, बच्ने उपायहरुको बारेमा पर्चाहरु देखाउने काम भएको थियो । सो कार्यमा उद्योग बाण्ज्यि महासंघका अध्यक्ष बसु नारायण श्रोष्ठ, जनक माध्यमिक विद्यालयका शिक्षक विद्यार्थिहरु, प्रहरीहरु, विभिन्न संघ संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments