रोशी सहकर्मी–चैत्र ३,
२०७६,पाँचखाल/

पाँचखालमा पशुपंक्षि तथा मस्य पालन सम्बन्धी नगरस्तरीय तीन दिने तालिम शुरु भएको छ ।
पशुपंक्षि सँगै मस्य पालनमा पनि पाँचखाल उचित ठाउँ भएको हुनाले मस्यपालनको समेत तालिम सञ्चालन गरिएको पाँचखाल नगरका पशुविकास अधिकृत दत्तप्रसाद गौतमले जानकारी दिनुभयो ।
तीन दिन चल्ने तालिममा नगरका १३ वडाका ३० कृषक सहभागि छन् । पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले उद्घाटन गर्नुभएको तालिममा आईतबार प्रशिक्षक डा. हरि मानन्धरले प्रशिक्षण दिनुभयो । सोमवार भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेका प्रमुख मंगलप्रसाद शाह तथा मंगलबार माछाका विज्ञ बालाजुका प्रमुख अग्नी नेपालले प्रशिक्षण दिनभयो ।

Facebook Comments Box