रोशी सहकर्मी, असोज २८
अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको पहिलो महाधिवेशनले स्पेनका दीपक खरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । सोमबार काठमाण्डौमा भएको विश्वभर छरिएका काभ्रेली सहभागी महाधिवेशनले उपाध्यक्षहरुमा बेल्जियमका दिनेश उप्रेती, कतारका नन्द ढुंगाना र इटालीकी संगम भण्डारी, महासचिवमा अमेरिका मोहन विष्ट, सचिवमा साउदीका शुरेसराज त्रिपार्ठी र कोषाध्यक्षमा साउदीका जेनकुमार लामा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा इटालीका अशोक उप्रेती, पोर्चुगुलका शम्भु गौतम, कतारका नारायण विष्ट, कोरियाका यम श्रेष्ठ, अष्ट्रेलियाका श्याम सैजु, जापानका श्रवणकुमार सत्याल, अमेरिकाका इन्दिरा त्रिपार्ठी, मध्यपूर्व संयोजकमा दिल लामा र युरोप संयोजकमा चिनिया दुवाल चयन भएका छन् । उनीहरुलाई लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम समाजको तदर्थ समितिका संयोजक कपिलदेव थापाको सभापतित्वमा भएको थियो । अधिवेशनको उद्घाटन भने अध्यक्ष मैनाली र प्रदेश सभा सांसद चन्द्र लामाले संयुक्त रुपमा गरेका थिए ।

Facebook Comments