रोशी सहकर्मी–चैत्र ४,
२०७६,काभ्रे/

नेपाल बिद्यार्थी संघ काभ्रेले सामुदायिक बिद्यालयका बिद्यार्थीलाई मास्क बाँडेको छ । विश्वभर फैलिएको कोराना भाइरसबाट सुरक्षित हुन नेपाल बिद्यार्थी संघ काभ्रेले एक हजार ५५० मास्क बिद्यार्थीलाई बाँडेको हो । नेपाल बिद्यार्थी संघ काभ्रेका अध्यक्ष नृपेश बादेले आजाद माध्यमिक बिद्यालयमा तीन सय, शिक्षासदन माध्यमिक बिद्यालयमा चार सय, हिमालय माध्यमिक बिद्यालयमा ३५० र चैतन्य माध्यमिक बिद्यालयमा चार सय बिद्यार्थीलाई सर्जिकल मास्क बाँडेको जानकारी दिए ।उनले मंगलबार काभ्रे बहिरा बिद्यालयमा एक सय वटा मास्क बाँडेको जानकारी दिए । “हामी जिल्लाभरका सामुदायिक बिद्यालयका बिद्यार्थीलाई मास्क बाँड्ने अभियानमा छौँ, तर पाइरहेका छैनौँ” बताए । उनले एउटा मास्कको पाँच रुपियाँमा किनेको बताए । बनेपा नगरपालिकाले सिफारिस नदिदा माक्स नपाएको बादेले बताए । नगरको सिफारिस भए अन्य माक्स पनि दिने माक्स कम्पनी ले भनेको तर नगरले नदिएको बादेले बताए ।

Facebook Comments