यश कुमार परियार–चैत्र ७,
२०७६,तेमाल/

जिल्लाको तेमाल गाउँपालिकाले स्वास्थ्य परीक्षण सुरु गरेको छ । आज विहान ६ बजेदेखि तेमाल प्रवेश गर्ने मुख्यद्वार कालिकाटीमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण शुरु गरिएको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि तेमाल गाउँपालिका आवातजावात गर्ने सबै सर्वसाधरणको स्वास्थ्य परीक्षण भईरहेको छ । त्यस्तै बोहोरेदोभानमा भने आइतबारदेखि हेल्थ डेस्क सञ्चालनमा आउने गरी काम भईरहेको प्रवक्ता तामाङले जानकारी दिए ।
यस अघि स्वास्थ्य शाखाले पालिकाभित्रको कुनै पनि स्वास्थ्य कर्मचारीलाई अत्यावश्यक काम बाहेक बिदा नदिने निर्णय गरिसकेको छ । कोरोना भाइरस विरुद्ध अभियान सञ्चालन गर्नका लागि सबै कर्मचारीलाई हाई अलर्टमा राखिएको पालिकाका प्रमुख सलाम सिं तामाङले बताए । कोरोना रोकथामको निमित्त अत्यावश्यक सामग्रीहरुको व्यवस्थापनमा गाउँपालिका लागि गरेको बताए । स्वास्थ्य परीक्षणका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) सहित स्वास्थ्य कर्मी बसेका छन् । हेल्थ डेस्कमा प्रहरीसहित अहेव र नर्स १÷१ जना राखिएको पालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले जानकारी दिए ।
बिहिबार स्थापना गरिएको हेल्थ डेस्क मार्फत स्वास्थ्य परीक्षण सञ्चालनमा आएसँगै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नगेन्द्र कुमार झाले अवलोकन गरेका थिए ।

Facebook Comments