यश कुमार परियार–चैत्र ७,
२०७६,तेमाल/

जिल्लाको तेमाल गाउँपालिकाको सबै वडामा कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि सचेतनामुलक कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको ३४ औँ कार्यपालिका बैठकको निर्णय अनुसार वडा स्तरीय कोरोना विपद व्यवस्थापन समिति गठन गरी कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने भनिएको थियो । सोहि अनुसार हरेक वडामा कोरोनाबाट आफु कसरी बच्ने र अरुलाई कसरी बचाउन सकिन्छ भन्नेबारे बिभिन्न पर्चाहरु बाँड्ने काम भईरहेको प्रवक्ता समेत रहेका वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले जानकारी दिएका छन् ।
हरेक वडामा वडा अध्यक्ष संयोजक रहने गरी स्वास्थ्य चौकी ईन्चार्ज सदस्य सचीव र वडा सदस्यहरु सदस्य रहने गरी वडा स्तरीय विपद व्यवस्थापन कार्यसमिति निर्माण गरीएको छ । समितिले हरेक टोलमा गएर कोरोना सम्बन्धि चेतना मुलक पर्चा पम्प्लेटहरु टाँस्ने, जनचेतना जगाउने कार्य गरीरहेको प्रवक्ता तामाङले बताए ।
९ वटा वडा रहेको यस गाउँपालिकामा १५ दिन सम्म यस प्रकारका जनचेतना मुलक कार्यक्रमहरु संचालन हुने प्रवक्ता तामाङले जानकारी दिए ।

Facebook Comments Box