रोशी सहकर्मी–चैत्र ७,
२०७६,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिका वडा नं. १ बोहोरेदोभानमा प्रवेशद्वारा बन्ने भएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले शिलान्यास गरेसँगै प्रवेशद्वारा बन्ने पक्का भएको हो । पालिका अध्यक्ष सलाम सिं तामाङले बुद्धधर्म विधिबाट शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष तामाङले धार्मिक तथा पर्यटकीय हिसाबले निर्माण हुन लागेको प्रवेशद्वारले ठूलो महत्व राख्ने बताए । गेटमा तेमालको सम्पुर्ण परिवेश झल्कने बताए । पर्यटकिय दृष्टिबाट तेमाल निकै सम्भावना भएको क्षेत्र रहेको बताँउदै गेट प्रवेश गरेपछि तेमाल प्रवेश भएको आभाष दिने उनको विश्वास थियो ।
प्रवेशद्धार निर्माणार्थ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७६⁄०७७ बाट विनियोजित रु १० लाख बजेटमा निर्माण हुने वडा नं १ का अध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य पार्वती श्रेष्ठ, वडा सदस्यहरु लगायत स्थानीयहरुको सअभागिता रहेको थियो ।

Facebook Comments