रोशी सहकर्मी–चैत्र ७,
२०७६,काभ्रे/

मंगलबार दिनभरको कफ्र्यूको कारण कष्टकर बनेको पनौतीको जनजीवन सामान्य बन्दै गएको छ । सोमबार दिउँसो ४ बजे खानीखोला गाउँपालिका वडा न १ की जुनिमाया गोले र उहाँकी छोरी स्मारिकालाई टिपरले ठक्कर दिएपछि तनावग्रस्त बनेको पनौतीमा जिल्ला प्रशासन कार्यालयले मंगलबार ११ घण्टा कफ्र्यू लगाएको थियो ।
सोमबार साँझ पनौती बसपार्क क्षेत्रमा मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्ने क्रममा उत्तेजित भीडबाट तोडफोड, आगजनी, धाजनको क्षती भई डयूटीमा खटिएका प्रहरी माथि समेत आक्रमण हुन थालेपछि जिल्ला सुरक्षा बैठकले मंगलबार बिहान ९ बजे कफ्र्यू लगाएको थियो ।
पनौतीको मुख्य बजार मै कफ्र्यू लगाएपछि यहाँको जनजीवन कष्टकर बनेको थियो । पनौती नगरपालिका, खानीखोला र बेथानचोक गाउँपालिकाका स्थानीय बढी प्रभावित भएका थिए । मंगलबार बेलुका ८ बजेदेखी कफ्र्यू खुलेपछि जनजीवन सामान्य बन्दै गएको स्थानीयले बताएका छन् ।

Facebook Comments