रोशी सहकर्मी–चैत्र ८,
२०७६,काभ्रे/

पनौतीमा सोमबार टिपरले किचेर निधन भएका आमा छोरीको स्वयंभूमा दाह संस्कार गरिएको छ । शनिबार मृतकहरुको स्वयंभूमा दाहसंस्कार गरिएको परिवारले जनाएको छ । सोमबार दुर्घटनामा मृत्यु भएका उनिहरुका आफन्तले चालकलाई कानुन अनुसारको कार्वाहिको माग गरेका छन् । क्षतिपुर्ति भन्दा चालकलाई कानुन अनुसारको कडा कारवाहिको माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यलय धुलिखेलमा भएको छलफलमा मान्छे मारे पछि क्षतिपुर्ति लिएर चालकलाई उन्मुक्ति दिने भन्दा पनि चालकलाई कडा भन्दा कडा कार्वाहिको माग गरेका आफन्तले प्रशासनले पीडितको माग अनुसार कारवाही गर्ने र कानुन अनुसारको क्षतिपुर्ति व्यवसायीले उपलब्ध गराउने सहमति भए पश्चात परिवारले शव बुझेका थिए । प्रशासनले प्रतिवद्धता जनाए सँगै शव परिक्षण गरिएको थियो । टिपरले किचेर आमा छोरीको मृत्यु भएपछि पनौती तनावग्रस्त बनेको थियो । प्रहरी र स्थानीय बिचको झडपमा प्रहरी सहित केहि स्थानीय घाईते भए पछि प्रशासनले मंगलबार विहाज ९ बजे देखि बेलुका ८ बजे सम्म मर्फ्यु लगाएको थियो । कर्फ्युका कारण पनौती क्षेत्र भित्रका सबै विद्यालयमा कक्षा ८ को नगर स्तरीय र अन्य केहि विद्यालयमा अन्य तहको परिक्षा समेत हुन सकेन ।
बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला गाउँपालिका वडा नं १ की ३३ वर्षीय जुनी मायाँ गोले र उनकी छोरी ३ वर्षीय स्मारीका गोलेको मृत्यु भएको थियो । टिपर चालक रोशी गाउँपालिका वडा नं ६ घर भएका ३५ वर्षीय नबराज थापा अहिले प्रहरी हिरासतमा छन् ।

Facebook Comments