रोशी सहकर्मी–चैत्र ८,
२०७६,काभ्रे/

विश्वभर फैलिरहेको कोरोनाको संक्रमण हुन सक्ने भन्दै सहर बसेकाहरु गाउँ फर्कदै छन् । कोरोना भाईरस (कोभिड–१९) को त्रासका कारण उपत्यका सुनसान हुँदै गएको छ भने देशका मुख्य सहरहरु खाली हुँदै छन् । सरकारले सार्वजनीक सवारी साधनहरुमा सिट क्षमता भन्दा वढि यात्रु ओसार पसार गर्न नपाउने निर्णय गरेको छ । दिनहुँ जसो मानीसहरु सह छोडि गाउँ फर्किरहेको समयमा सवारी समस्यालाई मध्यनजर गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भुम्लु गाउँ कमिटिले आफ्नो गाउँ फर्कनेहरुका लागी निःशुल्क बस सेवा संचालनमा ल्याउने भएको छ ।
भुम्लु गाउँपालिका कमिटि र भुम्लु/काठमाण्डौँ सम्पर्क मञ्चले भोली (आईतबार) गाडीको ब्यवस्था गरेको मञ्चका इन्चार्ज क्रान्ति दोङले जानकारी दिए । उनका अनुसार अधिकांशले सहर छोडिरहेको बेला खर्च नभएर गाउँ जान खर्च नभएकाहरुका लागि आइतबार दुईवटा बसको ब्यवस्था गरिएको बताए । उनले यो सेवा दैनिक ज्याला मुजदुर गर्न काठमाण्डौ पुगेका, आर्थिक रुपमा पछि परेको वर्गका लागि मात्रै रहेको बताए ।

यस रुटहरुमा निशुल्क बस सेवा संचालन हुनेछ:
– एउटा बस जडिबुटी देखि दोलालघाट, भुम्लुटार, सापिङ्ग, सिम्थली हुदैँ बेखसिम्लेसम्म पुग्ने छ ।
– अर्को बस जडिबुटी देखि दोलालघाट, फलाँटे, कोलाती, मुलाबारी, सल्ले हुदैँ चौबास सम्म जाने छ ।
– बस छुट्ने समय बिहान ११ बजे जडिबुटी ढुङ्गेधाराबाट ।

Facebook Comments