रोशी सहकर्मी–चैत्र ९,
२०७६,बुढाखानी/

महाभारत गाउँपालिकाले पालिका प्रवेश गर्ने मुख्य स्थल बुढाखानीमा हेल्थ डेक्स स्थापना गरेको छ । कोरोना भाइरसको त्रास विश्वभर फैलिरहेको अवस्थामा महाभारत गाउँपालिकाले आजबाट गाउँपालिका प्रवेश गर्ने नागरिकको स्वास्थ्य जाँच सुरु गरेको जनाएको छ ।
गाउँपालिका प्रवक्ता रविन मोक्तानले कोरोना भाइरस रोगथामका लागि नागरिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) बुढाखानीमा स्थापना गरेको जानकारी दिनुभयो । उहाँले गाउँपालिका प्रवेश गर्ने सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षणा गरिने जानकारी दिनुभयो । महाभारतले स्वास्थ्य कर्मीलाई बिदा कटौती देखी २४ सैं घण्टा सेवाका लागि तयारी अवस्थामा बस्ने निर्देशन दिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिनुभयो ।

Facebook Comments