यश कुमार परियार-चैत्र ९,
२०७६,काभ्रे/

गत चैत्र ७ गते प्रधानमन्त्रि के.पि. ओलिले देशव्यापी रुपमा सम्बोधन गर्दै कोरोना भाईरस विरुद्ध सचेत रहन विभिन्न निर्णय गरे सँगै काभ्रेका सबै स्थानीय तहले अत्यावश्यक बाहेक अन्य सेवा स्थगित गरेका छन् । जिल्लाको रोशी, तेमाल, नमोबुद्ध, बनेपा, धुलिखेल, पनौती, मण्डनदेउपुर र पाँचखाल नगरपालिकाले सुचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरीने जनाईएको छ । रोशी गाउँपालिकाले निकालेको सुचनामा विश्वभरीनै फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले सृजना गरेको संवेदनशिल परिस्थितीलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सुरक्षा सजकता अपनाउन नेपाल सरकारको यहि चैत्र ७ गतेको निर्णय अनुसार गाउँपालिकाले प्रदान गर्ने अत्यावश्यक बाहेक १० गतेबाट २१ गते सम्म स्थगित गरीएको उल्लेख छ । गाउँपालिकामा भएका एम्बुलेन्स र सरकारी गाडिहरुलाई २४ सै घण्टा संचालनमा रहने गरी तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामाले जानकारी दिए ।
त्यस्तै तेमाल गाउँपालिकाले पनि सुचना जारी गर्दै १० गते देखि २१ गते सम्म अत्यावश्यक मध्येका फेहोरमैला व्यवस्थापन, स्वास्थ्य केन्द्र व्यवस्थापन सम्बन्धि सेवा बाहेक अन्य सबै सेवा बन्द रहने जनाएको छ । त्यस्तै गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका भुक्तानीहरु, योजना सम्झौता, योजना फरफारक, सिफरिस लगायतका सम्पुर्ण सेवाहरु आँउदो २१ गते सम्म बन्द रहने गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए । साथै उनले तेमालमा एम्बुलेन्सलाई २४ सै घण्टा सञ्चालनमा रहने गरी तयारी अवस्थामा राखिएको बताए । खानीखोला गाउँपालिकाले पनि अत्य आवश्यक बाहेक सबै सेवा बन्द हुने जनाएको छ ।

Facebook Comments Box