यश कुमार परियार-चैत्र १०,
२०७६,भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ को मुख्य चोकहरुमा हात धुने ठाउँको स्थापना गरीएको छ । वडा नं ७ का अध्यक्ष धर्म लामा र स्थानीय व्यवसायीहरुको संयुक्त आयोजनामा हात धुने ठाउँको स्थापना गरीएको हो ।
विश्वभर फैलीरहेको नोभेल कोरोना भाईरसबाट जोगीन हात धुने अभियान चालिएको वडा अध्यक्र्ष लामाले बताए । यस कार्यमा स्थानीय व्यवसायीहरुले सहयोग गरेकोमा खुसी व्यक्त गर्दै कोरोनाबाट आफ्नो नगरलाई कसरी बचाउन सकिन्छ भन्नेमा जोड दिएको बताए । उनले आफ्नो वडामा कोरोनाबारे सचेतना फैलाउने काम पनि भईरहेको बताए ।

Facebook Comments