रोशी सहकर्मी–चैत्र १०,
२०७६,धुलिखेल/

धुलिखेल आएपछि कहाँ गएर हात धुने र कोरोनाबाट बच्ने भन्ने तनावमा हुनुहुन्छ भने नाङशाल एशोसियसन नेपालले धुलिखेलको मुख्य सरस्वती बजारमा हात धुने पानी र साबुनको व्यवस्थापन गरेको छ । एशोसियसनले विश्वमा फैलिएको कोरोना भाइरसबाट जोगाउन आम नागरिकलाई आजबाट पानी र साबुनको व्यवस्था मिलाएको छ ।
धुलिखेलका सरकारी कार्यालय कार्यालयमा हात धुने पानी र साबुन राखेका भएपनि आम नागरिकका लागि राखेका छैनन । धुलिखेल आएपनि हात धुन समस्या हुने गरेको गुनासोलाई मध्ये नजर गर्दै नाङशालले पानी र साबुन व्यवस्था गरेको एशोसियसनका कार्यकारी निर्देशक गुणराज मुक्तानले जानकारी दिनुभयो ।
नाङशालका अध्यक्ष दिनेश लामाले कोरोना भाइरस हात धुनाले पनि धेरै मात्रामा रोगथाम हुने भएकाले साबुन पानीले हात धुने अभियान सञ्चालन गरेका हौँ भन्नुभयो । स्थानीयहरुले धुलिखेलमा नाङशालले हात धुने व्यवस्था मिलाएकोमा धन्यवाद दिए ।

Facebook Comments