रोशी सहर्काी–चैत्र १०,
२०७६,काभ्रे/

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय दादुरा रुवेला खोप अभियान स्थगित गरेको छ । सरकारले फागुनदेखि चैत महिनासम्म राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको थियो । तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका जनशक्ति परिचालन गर्नुपर्ने देखिएपछि खोज अभियान बन्द गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल दादुरा रुवेला खोप अभियान सञ्चालन शुरुवात नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुको खोप अभियान चैत मसान्तसम्मको लागि स्थगन गरिने जनाएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको ८ वटा पालिकामा पहिलो चरणको दादुरा–रुबेला खोप कार्यक्रम यहि चैत्र २ गतेबाट सुरु भएको थियो । तर हाल अभियान सञ्चालन भइरहेका पालिका, वडा र स्वास्थ्य संस्थाहरुले पूर्वयोजना अनुसार अभियान सम्पन्न गर्ने, तर यसरी खोप सेवा सञ्चालन गर्दा भिडभाड हुन नदिने व्यवस्था गरी सतर्कता अपनाउने जनाइएको छ । काभे्रका ५ वटा पालिकामा भने यहि चैत्र १४ गतेबाट दोश्रो चरणको खोप अभियान सुरु हुँदै थियो ।

Facebook Comments Box