रोशी सहकर्मी–चैत्र १०,
२०७६,काभ्रे/

विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस अर्थात् कोभिड(१९ को संक्रमण फैलिन बाट जोगिन भन्दै काभ्रेका तीन स्थानीय तहले लक डाउन गर्ने भएको छ । जिल्लाका धुलिखेल, बनेपा नगरपालिका र महाभारत गाउँपालिका पूर्ण रुपमा लक डाउन हुने भएका हुन् । सोमबार राति १२ बजेदेखि यी क्षेत्रहरुमा अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द हुने जनाईएको छ ।

Facebook Comments Box