यश कुमार परियार-चैत्र ११,
२०७६,रोशी/

जिल्लाको रोशी गाउँपालिकामा दुई स्थानमा ५ बेडको क्वारेन्टाईन स्थापना गरीएको छ । कोरोना भाईरस अर्थात कोभिड–१९ को संभावित व्यक्तिलाई राख्न रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा रहेका मंगल जन विजय माध्यमिक विद्यालय र वडा नं २ मा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा अत्यावश्यक सामग्री सहित क्वारेन्टाईन स्थापना गरीएको गाउँपालिका अध्यक्ष दल बहादुर (डि.बि.) लामाले जानकारी दिए ।
क्वारेनटाईनमा स्वास्थ्य चौकीका अहेब र अनोमी गरी २ जना स्वास्थ्यकर्मी परिचालन गरीएको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए ।

यसैबिच, आज गाउँपालिका अध्यक्ष लामा सहितको टोलीले कोराना भाईरस अर्थात कोभिड–१९ कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारेमा सचेतनामुलक घरदैलो अभियान चलाईएको थियो । उक्त अभियानमा गाउँपालिकाका सभापति लाल कुमार पाख्रीन, स्वास्थ्य शाखा प्रमुख श्रेष्ठ, मंगलटार प्रहरी चौकीका प्रहरी निरीक्षक धर्म जंग थिङ लगायत उपस्थित रहेका थिए ।
उक्त अभियान गाउँपालिका वासीहरुमा कोरोना सम्भावित जोखिमबाट कसरी जोगीने र अरुलाई कसरी जोगाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको थियो । र कोहि कसैमा संभावित लक्षण देखा परेमा गाउँपालिकाले गठन गरेको कोरोना रोकथाम समितिलाई सम्पर्क गर्नका लागि नम्बर दिने कार्य भएको थियो ।

Facebook Comments Box