रोशी सहकर्मी–चैत्र ११,
२०७६,काभ्रे/

कोराना भाइरस (कोभिड–१९) को पुष्टि भएकी किशोरीसँगै विमानमा फर्केका काभ्रेका दुई जना सम्पर्कमा आएका छन् ।

बनेपा नगरपालिका–२ नालाका एक युवा रहेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले जानकारी दिएका छन् । त्यसैगरी सोही विमानमार्फत नेपाल आएका धुलिखेल नगरपालिका काभ्रे भन्ज्याङका अर्का युवा पनि धुलिखेल अस्पतालको सम्पर्कमा आएको धुलिखेल नगरपालिकाका प्रेस संयोजक मोतिराम तिमल्सिनाले जानकारी दिए ।

बनेपाका युवा फ्रान्सबाटै संक्रमित किशोरीसँग आएको र धुलिखेलका युवा इटालीबाट कतार आएर सो विमानमा चढेको जानकारी प्राप्त भएको छ । उनीहरुलाई धुलिखेल अस्पतालमा चेक गरी घरमै सेल्फ क्वरेन्टाइनमा बसी वडाअध्यक्षको निगरानीमा राखिने गरी निर्णय भएको प्रेस संयोजक तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box