रोशी सहकर्मी–चैत्र १२,
२०७६,काभ्रे/

सरकारले लगाएको लकडाउन उल्लंघन गर्ने सवारी साधानलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा ‘लकडाउन’ तोडेर चलाइएका एक सय ९२ सवारीसाधन र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बुधवार सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख रविकुमार पौडेलले सडकमा अत्यावश्यक काम बिना भेटिएपछि एक सय ७१ मोटरसाइकल, १२ वटा स्कुटर, चार वटा कार, एउटा स्कार्पियो, तीन वटा मिनिट्रक, र एक वटा साइकल नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
नेपाल सरकारले लगाएको ‘लकडाउन’ उल्लंङघन गर्नेलाई यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेको गरेको जनाएको छ । अत्यावश्यक काम बाहेक सो निर्णयको अवज्ञा गर्नेलाई प्रहरीले सांकेतिक कारबाही गर्न थालेको छ । सरकारले मंगलबार चैत्र ११ गते बिहान ६ बजेदेखि आगामी चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।
सरकारले अत्यावश्यक बाहेक अन्य सवारी साधन तथा ब्यक्तिहरुलाई घर भित्रै बस्न आब्हान गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । राजमार्ग तथा अन्य भित्री सडकहरुमा लकडाउन उल्लंङघन गर्ने ब्यक्ति तथा सवारी साधन बढ्दै गए पछि प्रहरीले लकडाउनको दोश्रो दिन चैत्र १२ गते बुधबार चेकजाँचलाई कडा बनाएको थियो ।
राजधानी तथा अन्य क्षेत्रबाट विभिन्न स्थानमा जाने ब्यक्तिहरु पहिलो दिन भन्दा दोश्रो दिन बढ्दै गएका थिए । पहिलो दिन बीपी राजमार्गबाट मात्रै तीन सय सवारी साधन सिन्धुली पुगेका थिए । प्रहरीले दोश्रो दिन कडाई गरेको एसपी पौड्यालले जानकारी दिनु भयो । लकडाउन भनेको घर भित्रै बस्नका लागि भएकाले सडकमा रमिता हेर्न निस्किएका ब्यक्तिहरुलाई पक्राउ गर्न शुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले अत्यावश्यक क्षेत्रका सवारी साधन तथा पसलहरु सञ्चालन गर्ने दिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय काभ्रेले त्यस्ता सवारी साधनलाई पास उपलब्ध गराएका छौँ । उहाँले लकडाउन कार्यान्वयन र सरकारको निर्णय पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको बताउनु भयो ।

Facebook Comments Box